Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

  जीवन र न्याय’ पुस्तक सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 25, 2022
in Book Releases, Book Review, Feature, Literary Festival & Event, Literature, Nepal
0
   जीवन र न्याय’ पुस्तक सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ—पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको आत्मसंस्मरणात्मक पुस्तक ‘जीवन र न्याय’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा लेखकसहित पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाललगायतकाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

उमेरले ९२ वर्षमा प्रवेश गरेका श्रेष्ठले आफ्नो जीवन कालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठले पञ्चायत कालमा अड्डाको हाकिम, सरकारी अभियोक्ता र न्यायाधीशका रुपमा लामो समय सरकारी सेवामा आफ्नो जीवन व्यतित गरे । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभवमार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको पूर्व प्रधानन्यायाधीश कार्कीले बताइन् । ‘यो पुस्तक समाजका लागि आयाम र देन हो’, उनले भनिन्, ‘पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे उहाँले लेख्नुभएको छ ।’

पुस्तकले एक आदर्श, दृढ व्यक्तिले समाजलाई उठाएको इतिहास उल्लेख भएको उनले सुनाइन् । वरिष्ठ पत्रकार रिसाल, नेपाल सरकारका पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेल, पूर्व महान्यायाधिवक्ता राघवलाल वैद्य लगायतकाले श्रेष्ठलाई त्यतिबेलाको समाजका लागि मेलमिलाप तथा न्याय दिन सक्ने न्यायाधीशका रुपमा रहेको सुनाए ।

आफ्नो जीवनका कैयौं स्मरणहरु लामो समयदेखि सम्झना बनेर गुम्सिरहेको अवस्थामा छोराहरुको हुटहुटीले नै पुस्तकमा रुपमा बाहिर आएको श्रेष्ठले सुनाए । उनका अनुसार उनका कैयौं स्मृति तथा अनुभवहरु पुस्तकमा समेटिएका छैनन् ।

श्रेष्ठले आफ्नै अग्रसरतामा मेलमिलाप गराउने न्यायाधीशको छवि बनाएका छन् । उनले जिल्ला न्यायाधीशका रूपमा रहँदा ६० प्रतिशत भन्दा बढी मुद्दामा दुवै पक्षलाई सँगै राखेर मेलमिलाप गराउन सकेको विवरण पुस्तकमा उल्लेख गरेका छन् । २०३१ सालमा प्रमाण ऐन आएपछि प्रमाण जुटाउन सक्ने व्यक्तिले मात्रै मुद्दा जित्ने अवस्था बनेपछि आफू मेलमिलापतिर लागेको उनले बताए ।

‘प्रमाण ऐन लागू भएपछि प्रमाणको सिर्जना, संकलन, समावेश गर्ने र अदालतमा बुझाउन सक्ने पक्षले मात्रै मुद्दा जित्ने अवस्था आयो,’ उनले भने, ‘समाजको प्रभावशाली र सम्पन्न व्यक्तिले सजिलै त्यसो गर्न सक्ने भयो भने निर्धो/गरिबले भएका प्रमाणको पनि संकलन गर्न नसक्ने र मुद्दा हार्ने अवस्था आएपछि मैले न्याय मर्न नदिन मेलमिलापमा जोड दिएको थिएँ ।’ श्रेष्ठले आफूले मेलमिलापमा जोड दिएपछि ‘आफ्नो पेशा सुकाइदियो’ भन्ने आरोप लगाउँदै कानुन व्यवसायीहरु आफ्नाविरुद्ध संगठित भएको विवरण सुनाए ।

पूर्वन्यायाधीश श्रेष्ठले आफूले निजी वकिल राख्न नसक्ने गरीब व्यक्तिहरुका लागि सरकारले नै कानुनी प्रतिरक्षा गरिदिनु उपयुक्त हुन्छ भनेर तत्कालीन समयमा राजा वीरेन्द्रलाई भेटेर जाहेर गरेको विवरण पुस्तकमा उल्लेख गरेका छन् । अहिले देशका सबै अदालतहरुमा वैतनिक वकिलहरु नियुक्त भएका छन् । ती वकिलहरुले नै आफ्नो मुद्दाको प्रतिरक्षा गर्न नसक्ने गरिब व्यक्तिहरुलाई नि:शुल्क प्रतिरक्षा गरिदिन्छन् ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले कानुनले समाजमा पारेका प्रभावबारे गहिरिएर छलफल गर्ने चलन अहिलेसम्म नरहेको बताउँदै प्रमाण ऐनले सिर्जना गरेका समस्या अहिले पनि समाजमा व्याप्त रहेको बताए । उनले न्यायाधीश श्रेष्ठले उतिबेलै यस्ता समस्या समाधानका लागि सारेको मेलमिलापको विकल्प अहिले पनि सान्दर्भिक रहेको बताए ।

न्यायाधीश श्रेष्ठका तीन जना छोराहरु आ-आफ्नो क्षेत्रमा कहलिएका छन् । जेठा राममनोहर श्रेष्ठ बैंककको ‘एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)’ मा एमिरिटस प्रोफेसर छन्, माइला कल्याण श्रेष्ठ नेपालका पूर्वप्रधानन्यायाधीश हुन् भने कान्छा पुकारचन्द्र श्रेष्ठ शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेका कल्याण श्रेष्ठले अहिले पनि समाजमा न्यायको समानताका लागि अदालतले आफ्नै सक्रियतामा मेलमिलापलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

‘अहिले हाम्रो अदालतले मुद्दाका पक्षहरुलाई तिमीहरु मेलमिलाप गरेर आउनू, नत्र मैले मुद्दा छिन्दिन्छु भन्छ । यो धम्की हो की आश्वासन ? यस्तो चिसो र निस्क्रिय प्रक्रियाबाट मेलमिलापलाई प्रबर्द्धन गर्न सकिन्न,’ उनले भने, ‘गरिबीका कारण न्यायको पहुँचबाट बाहिर रहेका मानिसहरुलाई मेलमिलापको माध्यमबाटै न्याय दिन सकिन्छ भन्ने उहाँको जीवनको दर्शन हो ।

उहाँले न्यायको गम्भीर अन्तर्यसम्म पसेर मानिसका जीवनमा न्यायको वितरण गर्ने अर्गानिक प्रयास गर्नुभयो ।’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले औपचारिक कानुनी शिक्षा नपाइकनै न्यायाधीश समेत रहेका आफ्ना पितासँग आफू एउटै समयमा जिल्ला न्यायाधीश बनेको रमाइलो प्रसंग पनि सुनाए ।

अल्केमी प्रब्लिकेसनले प्रकाशित गरेको पुस्तकको सम्पादन लेखक तथा पत्रकार घनश्याम खड्काले गरेका

Advertisement Banner
Previous Post

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

Next Post

राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

Recommended

Actress Namrata Sapkota weds Ojas

Actress Namrata Sapkota weds Ojas

1 month ago
India sends another shipment of 3,000 Metric Tonnes of wheat to Afghanistan

India sends another shipment of 3,000 Metric Tonnes of wheat to Afghanistan

4 years ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.