सन्तोष
खै
म त
के भनौँ
तिमी स्वयं
अति विज्ञ छौ
आफू लाटो मान्छे
दिक्क लाग्छ अब त
होइनलाई हो पार्छौ
पार्दै छौ होलाई होइन
बोल्नेको पीठो बिक्दै छ यहाँ
बिकेन चामल नबोल्दा
सोझो छानीछानी ठोक्छन्
खीलि जस्तो सम्झेर
बाङ्गो हुनु छैन
आज आएर
सन्तोष छ
म ला ई
ढुक्क
छ।
मोहन गौतम
राङ्का पूर्व सिक्किम –
Comments are closed.