तिमी
लौ
भ न
क स री
लेख्न सक्छु
मीठा कविता
तिमीले नहाँसे?
स्नेहको मह घोली
मनको बगैंचा भरि
प्रेमले नसिंच्ने हो भने
कसरी फुल्छन् मायाका फूल?
चुराका सुमधुर ध्वनि
गुञ्जदैनथे त यदि
अपूर्ण हुन्थे गीत
तिमी नहाँसे त
बन्दै बन्दैनन्
प्रे म म य
कविता
बुझ
हैं !
मुरारीराज मिश्र,
काठमाडौं ।
Comments are closed.