रम्बास कविता:ब्रह्माण्ड

 

ब्रह्माण्ड


आदि
न अन्त
गोलाकृति
यो  जीवनमा
ऊ    ईश्वर  बन्छ
ऊ स्वयंमा ब्रह्मा हो
ऊ स्वयंमा  विष्णुजी हो
ऊ स्वयं मा   नीलकण्ठ हो
ऊ हलाहल      पान    गर्दछ !
सृष्टिचक्रमा        घुमिरन्छ
पीडाका   अगुल्टा निल्छ
ढुङ्गामा  रूख रोप्छ
चर्के घाम खप्छ
झरीमा हाँस्छ
ब्रह्माण्डको
सत्यता
यही
हो।

पूर्णिमा घिमिरे पोखरेल
विश्वनाथ, असम

————

Comments are closed.