रम्बास् कविता:नदी

 

नदी


नदी
प्रवाह
अ वि र ल
कहिले शान्त
कहिले उन्माद
निरन्तर ओरालो
मेरो जस्तै छ जीवन
पथपथ हिँड्न संघर्ष
मौसम अनुसारको यात्रा
कहिले पहिरोले छेक्ने
कहिले बाँधले बाँध्ने
तर पनि बग्नु छ
गन्तव्य खोजेर
सहज छैन
कठिन छ
जीवन
यात्रा
यो।

मच्छिन्द्र खत्री

धरान, नेपाल |

Comments are closed.