Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

Editorial Team by Editorial Team
June 10, 2022
in Awards, Literature, Nepal
0
विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो।

वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

 

आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६ औं आर्ट बाइनाले बङ्गलादेश, कला कार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिता जनाएका छन् । नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृति हो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाज उत्सव’ काव्य कृति प्रकाशनको तयरीमा छन् ।

काव्य र कलाक्षेत्रमा विगत चार दशकदेखि सिर्जनात्मक काम गरेका रमेश श्रेष्ठ दर्जनौं पुरस्कार, मानसम्मान र पदकबाट विभूषित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदान गरिएको हो । नेपाली कविताका क्षेत्रमा टिकटमा एकल कविता वाचन गर्ने अभियन्ताका रूपमा श्रेष्ठ परिचित छन् ।

प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सह–सचिव शिव त्रिपाठी रहेका थिए । राष्ट्रिय स्तरमा साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई प्रदान गरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रिय स्तरको पुरस्कार हो ।

यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरूभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसकेका छन् ।

असार ४ गते शनिबार पोखरामा कार्यक्रम गरी प्रदान गरिने पुरस्कारको राशी नगद रू १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन् ।

 

 

 

 

Advertisement Banner
Previous Post

UNFPA in association with Sancharika jointly organized 3-days training on creative reporting on emerging Gender Biased Sex Selection trends in Nepal

Next Post

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

Editorial Team

Editorial Team

Next Post
मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

Recommended

Efficient cooling method could enable chip-based trapped-ion quantum computers

Efficient cooling method could enable chip-based trapped-ion quantum computers

3 months ago
Nepal Women’s National Football Team leaving for Indonesia

Nepal Women’s National Football Team leaving for Indonesia

5 months ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.