लस एञ्जलस । र्यापर किलर माइकलाई सोमबार पक्राउ गरिएको छ । लस एन्जलसको एरिनामा आयोजित ग्रामी अवार्ड्समा तीनवटा ग्रामी जितेको केही समयपछि उनलाई पक्राउ गरिएको थियो । तर, केही समयपछि उनी रिहा भए । एरिनामा ग्रामी अवार्ड आयोजना भइरहेका बेला ब्याकस्टेजमा हातपात भएको थियो ।सामाजिक सञ्जालमा एक पोस्टमा लस एन्जलस पुलिसले भनेअनुसार किलर माइकलाई ‘मिसिडिमिना ब्याट्री’ को आरोपमा हिरासतमा लिइएको थियो । पक्राउ पर्नुभन्दा ठीक अघि माइक स्टेजमा ग्रामोफोन ट्रफी हल्लाउँदै थिए । उनको हातमा तीनवटा ग्रामी अवार्डहरू थिए । उनी जितको उत्सव मनाइरहेको थिए ।
सोमबार अमेरिकाको लस एन्जलसमा संगीत जगतको प्रतिष्ठित अवार्ड ‘ग्रामी’ अवार्डको आयोजना गरिएको थियो । यस अवार्डमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको थियो । टेलर स्विफ्टको एल्बम ‘मिडनाइट्स’ ले एल्बम अफ द इयर अवार्ड पायो । माइली साइरसको गीत ‘फ्लावर’ ले रेकर्ड अफ द इयरको ग्रामी अवार्ड पाएको छ ।
गीत अफ द इयरको अवार्ड बिली इलिशको गीत ‘ह्वाट वाज आई मेड फर’ लाई दिइएको छ । माइली साइरसको गीत ‘फ्लावर’ लाई उत्कृष्ट पप सोलो परफॉर्मन्सको लागि पनि ग्रामी दिइएको छ ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.