Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘रेखा- पवन `स्रष्टा सम्मान’द्वारा नगेन्द्रराज शर्मा र रोचक घिमिरे सम्मानित

Editorial Team by Editorial Team
March 9, 2026
in Awards, Literature, Nepal, News
0
‘रेखा- पवन `स्रष्टा सम्मान’द्वारा  नगेन्द्रराज शर्मा र  रोचक घिमिरे सम्मानित
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ द्धारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे संयुक्त रुपमा सम्मानित भएका छन् ।
नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आईतबार आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक,रेखा कंडेल लगायतले दोसल्ला,सम्मानपत्र,माला र नगदराशि सहित शर्मा र घिमिरेलाई संयुक्त रुपमा सम्मान अर्पण गरे ।
नगदराशी रु.१ लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान अग्रज नियाात्राकार एवं साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना भएको हो । उहाँका छोरीहरु बिमला कंडेल थापा,रीता कंडेल बस्नेत,अनिता कंडेल, छोरा सुनिल कंडेल तथा बुहारी माला कटुवाल कंडेलले मातापिता रेखा -पवन बैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गरिदिएको आयोजकले बताएका छन् ।
सम्मानित स्रष्टाहरुको बारेमा अग्रज समालोचक प्रमोद प्रधानले नगेन्द्रराज शर्मा र रोचक घिमिरे नेपाली भाषा साहित्यमा थुप्रै लेखक,साहित्यकारहरु जन्माउने व्यक्ति भएको बताए ।
वि.सं.२०२७ सालदेखि प्रकाशित अभिव्यक्तिका पर्यायका रुपमा सबैले शर्मालाई लिने गरेको बताउँदै उनले भने- ‘दुई उपन्यास र दुई कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका शर्माको नेपाली साहित्यिक पत्रकारीतामा अतुलनीय योगदान रहेको छ । नेपाली भाषा,साहित्यमा पछिल्ला पुस्ताका साहित्यकारहरुका निम्ति मानसपिता रहेका शर्मा र घिमिरे व्यवहारमा हार्दिक,सरल,शिष्ट र शालिन हुनुहुन्छ ।’ उहाँहरुको अरुसँग तुलना गर्न नसकिने कुरामा प्रधानले जोड दिए ।
शुभकामना मन्तव्य दिंदै नेपाल स्रष्टा समाजका सल्लाहकार समेत रहेका प्रा.डा.गोविन्दराज भट्टराई,अशेष मल्ल तथा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तिहरु आफैं इतिहास भएको बताए । उनीहरुले सात दशकभन्दा लामो समय साधना गर्नु आफैंमा अतुलनीय भएको बताए । आफ्नो पुस्ताको असल अभिभावकको रुपमा सम्मानित व्यक्तिहरुलाई पाएको समेत उनीहरुले बताए ।
सम्मानित व्यक्तित्व घिमिरेले आफुलाई साहित्यिक पत्रकारीतामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई सम्झिए । उनले लेखनीमा तारिणीप्रसाद कोइरालाले आफुलाई ल्याएको बताउँदै सम्मानित भएकोमा खुशी व्यक्त गरे ।
अर्का सम्मानित व्यक्तित्व शर्माले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै भने – ‘मेरो पूजा अभिव्यक्तिको काम हो मेरा भगवान मेरा साथीभाईहरु हुन् ।’
पुरस्कार संस्थापक मध्येबाट रिता के.सी.कंडेलले सम्मान कसरी स्थापना गरियो भन्ने बारेमा बताइन् ।
अग्रज साहित्यकार पवन आलोकले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए । कार्यक्रमको सहजीकरण मधु पाठक तथा स्वागत प्रकाश घायलले गरेका थिए ।
नेपाली साहित्यमा ६० वर्ष उमेर पुगेका ,उत्कृष्ट लेखनीमा निरन्तरता दिइरहेका स्रष्टालाई उक्त सम्मान प्रदान गरिने गरिएको समाजका अध्यक्ष रोदनले जानकारी दिए ।
वि.सं.२०८० मा स्थापना गरिएको उक्त सम्मानबाट,अग्रज कवि एवं गीतकार कालीप्रसाद रिजाल २०८१ मा सम्मानित भैसकेका छन् ।

Advertisement Banner
Previous Post

नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

Next Post

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न

Editorial Team

Editorial Team

Next Post
अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न

Recommended

सुपरस्टार विजय बने तमिलनाडुको नयाँ राजनीतिक शक्ति”

सुपरस्टार विजय बने तमिलनाडुको नयाँ राजनीतिक शक्ति”

4 months ago

आज अन्तर्राष्ट्रिय पर्वत दिवसः विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.