आलोकश्रीको नयाँ गीत ‘मेरो मुस्कान’सार्वजनिक

काठमाडौंँ । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन्

प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ । गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो । गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ ।

Comments are closed.