बाथ रोग: प्रकार र उपचार

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

Arthrite rhumatoide.jpg

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो। गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।

लक्षणहरूः हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन्। यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ। छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन्।

कारणः बाथ रोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।

कसरी पत्ता लगाउनेः बिरामीले देखाउने लक्षण र जोर्नीहरूको जाँच गर्नेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न भने रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन तर यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन। तसर्थ बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ।

बाथ कति प्रकारका हुन्छन् ?

  • गाउट – रगतमा युरिक एसिडको मात्र बढ्दा जोर्नी दुख्ने, सुनिने, रातो हुने र चलाउन गाह्रो हुने हुन्छ ।
  • रुमाटोइड – अटो इम्युन डिसअर्डर अथवा आफ्नो इम्युनिटीले आफैलाई असर गर्ने रोगका कारण आउने बाथमा यस्ता जोर्नीहरु दुख्नु, जोर्नी बाउँडिने, सुनिने र शरीरका सबै जोर्नीमा असर गर्ने हुन्छ। आम रुपमा यो प्रकारको ARTHRITIS लाई बाथ भन्ने बुझिन्छ।
  • निश्चित उमेर पछि वा धेरै जस्तो ४० वर्ष पछि जोर्नीको कार्टिलेज खिइने च्यातिने कारण आउने बाथलाई OSTEOARTHRITIS भनिन्छ।
  • विशेष गरी, घुँडा, कम्मर र गर्दनमा यो समस्या देखिन्छ। त्यसबाहेक हिप र कुमका जोर्नीमा पनि यसले असर गर्छ।

     

    बाथ, मुटु, ज्वरो (Rheumatic Fever Arthritis)

    बच्चाहरुमा देखिने यो रोग माथिल्लो श्वासप्रश्वास प्रणालीको अङ्गमा हुने संक्रमण (टन्सिलाइटिस, फ्यारेन्जाइटिस) को राम्रोसँग उपचार नहुँदा मुटुका भल्बमा असर गर्ने र जोर्नी दुख्ने, सुनिने हुन्छ।
    यो रोगले जोर्नी र मुटुका भल्ब दुबैमा असर गर्छ।

    इन्फेक्टिभ बाथ (Infective Arthritis)

    जोर्नीमा हुने संक्रमणको कारण आउने बाथलाई Infective Arthritis भनिन्छ। विशेष गरी, गोनेरिया, अस्टियो माइलटिस जस्ता रोगमा यो बाथ देखिन्छ।

    बाथ रोग कसरी पत्ता लगाउन सकिन्छ ?

    स्वास्थ्य परीक्षण, रक्त परीक्षण र एक्स–रे गरेर बाथको प्रकार पत्ता लगाउन सकिन्छ।

    उपचार
    रोग लागीसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।
    यसबाहेक
    दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।
    बेलैमा उपचार गर्नुपर्छ ।
    चिकित्सकको सल्लाहअनुसार मुख बार्नुपर्छ ।

     

Comments are closed.