सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

 

सानो उमेरमा चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी साहित्यमा स्नातक र भारतको पञ्जाव प्राविधिक विश्वद्यिाल अन्तर्गत  Asian Academy of films & TV (दिल्ली)बाट चलचित्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आजसम्म निरन्तर क्रियाशील रहेकी छिन् । विभिन्न भारतीय टेलिशृङ्खलाहरुमा पटकथा लेख्नुका साथै ‘कठपुतली’ र ‘च्यान्टी’ जस्ता नेपाली चलचित्र निर्माण गरेकी सम्पदाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा धेरै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छिन् । उनी प्रसिद्ध नाट्यसंस्था सर्वनामको सृजनशील निर्देशक रही ‘बान्की प्रोडक्सन”को नेतृत्वमा रहेर चलचित्रसम्बन्धी विभिन्न कार्यमा सक्रिय रहेकी छिन् । सानो उमेर मै लेखन, निर्माण र निर्देशन गर्दै चलचित्र र नाट्य क्षेत्रका महत्वपूर्ण विधाहरू मर्फत समाज रुपान्तरणमा निर्वाह गरेको उल्लेख्य भूमिका र बहुप्रतिभाको उच्च मूल्याङ्कन गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नगद एघार हजार रुपयाँ सहित ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७८’द्वारा सम्पदा मल्ललाई पुरस्कृत गरेको हो ।

 

 

 

Comments are closed.