Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सजु पौडेल बरालको ‘मेरी संजीवनी’ सार्वजनिक

Editorial Team by Editorial Team
November 24, 2025
in Entertainment, Nepal, News
0
सजु पौडेल बरालको ‘मेरी संजीवनी’ सार्वजनिक
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण भएको छ । आज पोखरामा भएको कार्यक्रमको आयोजनापृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो ।

गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, विभागीय प्रुमख डा. यमनाथ तिमिल्सिना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, उपप्राध्यापक गीताकुमारी पौडेल, गीतकार सजु पौडेल बराल, गीतकारकी आमा नारायणी पौडेल र कृतिका सम्पादक रमेश दाहालले संयुक्तरूपमा लोकार्पण गरे ।

प्रमुख आमन्त्रित व्यक्तित्व क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले क्याम्पसकी पूर्व छात्राले साधनामा लागेर क्याम्पस सम्झेर आउँदा गौरवबोध भएको बताउँदै पुस्तकबाट प्राप्त रकम लोकसंस्कृतिको अनुसन्धानमा खर्च गर्ने कार्य स्तुत्य रहेको भन्दै सराहनासमेत गरे ।
पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले सर्जकको असल चिन्तन र चेतनाले गीत जस्तै गीत सिर्जना हुने धारणा राख्दै सजुलाई असल सर्जककारूपमा चिनाए । न्यौपानेले सजुलाई क्याम्पस जीवनकी निडर छात्रा रहेको चिनाउँदै आगामी यात्रालाई थप अध्ययन र साधनासहित परिष्कृत बनाएर अगाडि बढ्न सुझाव दिए ।

अनेसास च्याप्टर सदस्यसमेत रहेकी सजुका सन्दर्भमा न्यौपानेले समारोह बीच विभागीय प्राज्ञिक गतिविधिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को योगदानसमेत स्मरण गरे ।

उप–प्राध्यापक गीताकुमारी पौडेलले सजुले कृति भित्रका ७१ गीतलाई २७ वटा प्रेम, २८ वटा विछोड तथा पीडा र १६ वटा गीतलाई विविध भावमा विभाजन गरेर कृतिलाई उत्कृष्ट बनाउन खोजेको बताइन् । स्रष्टालाई मनन गर्न नसक्ने टिप्पणीको अर्थ नहुने धारणा राख्दै उपप्राध्यापक पौडेलले सजुलाई समाजमा व्याप्त पितृसत्तात्मक प्रवृत्तिलाई नियत ठान्ने यथास्थितिवादी स्रष्टाकारूपमा पनि चित्रण गरिन् ।

विभागीय सदस्य डा. श्रीधर न्यौपानेले स्नातकोत्तर नेपाली छात्रा सजु असल स्रष्टाकारूपमा विभागले पाएको धारणा राखे ।

विभागीय सदस्य निर्मल सापकोटाले पुस्तकको मूल्य भए तापनि ज्ञानको मूल्य नहुने भएकाले सजुबाट प्राप्त पुस्तकबाट विद्यार्थीले पर्याप्त लाभ लिने विश्वास व्यक्त गरे ।

कृतिका सम्पादक रमेश दाहालले सजुका सिर्जनालाई त्रुटिरहित बनाउन आफ्नातर्फबाट सम्पादनमा कुनै कसर बाँकी नरहेको बताए ।

विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाले सजुले शिक्षाको सेवा गरेर सन्तानको जन्मदिन मनाएकामा आभार व्यक्त गर्दै आगामी दिनमा सिर्जना यात्रामा भावसँगै व्यञ्जना शक्तितर्फ ध्यान दिन सुझाव दिए ।
गीतकार सजुले परदेश पुगेपछि बल्ल देशको महत्त्वबोध हुने बताइन् । उनले भनिन् ‘परदेशमा व्यथा पोख्ने जिम्मेवार माध्यम भनेकै कलम बन्छ ।’ विदेश पुगेपछिका जिम्मेवारी एकातर्फ, अर्कोतर्फ परिवारसँगको वियोग र मातृशक्ति हुनुको पीडालाई मलम लगाउने माध्यम कलमलाई बनाउँदा सञ्जालले पनि उत्साह थप्ने गरेको सजुले बताइन् । आफ्नो गीतियात्राबारे आमाले गाउँ समाजमा विभिन्न सन्दर्भमा गाएका गीत सुनेर लेखनयात्रा थालेको बताउँदै गीत लेखनको पथपदर्शक र गुरुसमेत आमा भएको बताइन् । विभागप्रति धन्यवाद ज्ञापन गर्दै उनले थपिन्, ‘कृति लोकार्पणको जिम्मेवारी लिएर विभागले लेख्ने काममा प्रेरणा थपेको छ ।’

सोही समारोहबीच स्रष्टा सजुले विभागीय पुस्तकालयमा आवश्यक २८ हजार बराबरका पुस्तक हस्तान्तरण गरेर छोरा सजीव बरालको नवौँ जन्मदिनसमेत मनाएकी छन् । स्रष्टाकी आमा नारायणी पौडेल, कृतिका प्रकाशक राजीव बरालले संयुक्त रूपमा उक्त कृति विभागलाई हस्तान्तरण गरे । समारोहबीच आयोजककातर्फबाट अतिथि, समीक्षक, सम्पादक तथा पत्रकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

Two Poems by Shafkat Aziz Hajam

Next Post

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

Editorial Team

Editorial Team

Next Post
पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Approves New Grant to Boost Climate-Resilient Farming and Food Security in Morocco

4 months ago
Embassy of India organized the 3rd edition of International Entrepreneurship Conclave – Connect [IN] on 23 March 2022 in Kathmandu

Embassy of India organized the 3rd edition of International Entrepreneurship Conclave – Connect [IN] on 23 March 2022 in Kathmandu

4 years ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.