कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ बजारमा आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन् । चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथासँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय छन् ।
कथाकार प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति÷विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।
सङ्ग्रहका धेरै कथामा उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएका छन् । उपत्यकाको संस्कृतिको विविध आयामलाई कथामा जोड्नु कथाकार प्रजापतिको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ, रङ्गीन बाफ, तेबाचाको फेसबुक स्टाटस, खर्पन, भुलाँ, तलमाथि, अर्कै घरबाट आदि कथाहरू । प्रजापतिका कथा सरल तथा शालीन हुनुका साथै कथामा रहज प्रवाह भएको पुस्तकको प्रकाशकीयमा उल्लेख छ । उनका यसअघि बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासङ्ग्रह प्रकाशित छन् ।
२८२ पृष्ठको यो कथासङ्ग्रह ‘रित्तो रथ’ को मूल्य रु. ४७५÷– रहेको छ ।
Trending Now
- कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
Comments are closed.