Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण

Editorial Team by Editorial Team
May 30, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal, Nepali
0
प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह ‘पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको हातबाट पुस्तकको लोकार्पण गरिएको थियो ।

 

पुस्तक लोकार्पण कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौला, सामाजिक तथा राजनीतिक अभियन्ता धर्मराज श्रेष्ठ, अग्रज सामाजिक अभियन्ता सुगन्धा अर्याल, नेपाल रेडक्रसका निवृत्त निर्देशक पुष्पराज पौडेल, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो शाखाका अध्यक्ष सोम बराल, सामाजिक अभियन्ता संगीता श्रोत्रिय, विश्वकीर्तिमानधारी उल्टो साइकल यात्री विरेश दाहाल थिए ।

 

कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले साहित्यकार प्रमिला शर्माको परिचय गराएका थिए । डा. भीमप्रकाश कट्टेलले पुस्तकमाथि आफ्नो समालोचकीय मन्तव्य व्यक्त गरेका थिए । यसैगरी सिस्टर्स ग्रुप (दिदीबहिनी समूह)का संयोजक धन पौडेलले महिला विषयक दृष्‍टिबाट पुस्तकको विवेचना प्रस्तुत गरेकी थिइन् ।

 

अनेसास, कोलोराडो शाखाको कार्यसमिति सदस्य कपिलदेव सुवेदीले पाठकीय दृष्‍टिबाट पुस्तकको विवेचना प्रस्तुत गरेका थिए । पुस्तकको लेखिका साहित्यकार प्रमिला शर्माले लेखकीय मन्तव्य व्यक्त गर्दै पुस्तक लेख्नको लागि आफूलाई प्रेरणा दिने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

 

त्यस अवसरमा गजलकार भूपेन्द्र महत तथा छन्द कवि देव भट्टराईले आफ्नो आफ्नो रचना वाचन गरेका थिए। कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्दै सहभागी हुनुहुनेहरुमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टीका पौडेल, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो च्याप्टरका अध्यक्ष सोम बराल, सिष्टर्स ग्रुप कोलोराडोको संयोजक धन पौडेल, कोलोराडो नेवाः खलःका महासचिव मनोजकाजी तुलाधर थिए ।

 

यसैगरी अनेसास ट्रष्टि सदस्य विजयराज शर्मा, अनेसास, कोलोराडो शाखाको पूर्व उपाध्यक्ष मिना पौडेल, नायक नवराज श्रेष्ठ, गायिका उषाकिरण अधिकारी, नेपाली घरका पूर्वअध्यक्ष लछुमन राना, कलाकार तथा साहित्यकार निर्मल प्याकुरेलको पनि उपस्थिति रहेको थियो ।

 

कार्यक्रम अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Advertisement Banner
Previous Post

IIT Madras Researchers Develop Next-Generation Battery Technology that could revolutionise Electric Mobility

Next Post

Inclement Weather Caused Tara Air Plane Crash, No Survivors Found; 21 Bodies Retrieved From Site, Say Officials

Editorial Team

Editorial Team

Next Post
Suspect All Died In Nepal Crash, Says Official

Inclement Weather Caused Tara Air Plane Crash, No Survivors Found; 21 Bodies Retrieved From Site, Say Officials

Recommended

Digital Health Intervention Does Not Lower Heart Attack Risk

9 months ago
यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

4 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.