Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा सम्पन्न १२ मार्च, वाशिङ्टन डिसी । नेपाली साहित्यका वरिष्ठ विद्वान समालोचक, नियात्राकार तथा उपन्यासकार डा. तारानाथ शर्माको स्मृतिमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले स्मृति सभाको आयोजना गरेको छ । आज अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरमा अवस्थित थोमस जेफरसन पुस्तकालयमा सो स्मृति सभाको आयोजनामा गरिएको हो । स्मृति सभामा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै डा. शर्मा नेपाली जगतका नोम चोम्स्की भएको बताउनुभयो । उहाँले डा. शर्मा अमेरिकाको मूख्य भूभागमा घुम्न आउने क्रममा म्याडिसनमा भेटघाट हुँदाका स्मरणहरूसमेत सुनाउनुभयो । कार्यक्रमका विशेष अतिथि नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले दूतावासले गर्नुपर्ने काम अमेरिका नेपाल साहित्य प्रतिष्ठानले गरेको बताउँदै डा. शर्माको योगदानको चर्चा गर्नुभयो । कार्यक्रमको शुरुमा डा. शर्माको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिनुका साथै दिवङ्गत आत्माको चीर शान्तिका लागि १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा कवि वसन्त श्रेष्ठले संक्षिप्त रूपमा डा. शर्माको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार सीता पाण्डेले डा. शर्माको अनुवाद व्यक्तित्वको चर्चा गर्नुभयो । कवि उत्तम भौकाजीले वि.सं. २०४६ सालको जन आन्दोलनपश्चात् प्रकाशित जिन्दावाद मूर्दावाद संयुक्त कविता सङ्ग्रहको विवेचना डा. शर्माले गर्नुभएको सम्झना गर्नुभयो । साहित्यकार तथा समाजसेवी कृष्ण भण्डारीले भण्डारी वंशावली तयार गर्ने क्रममा डा. शर्मासँगको सानिध्यतामा प्राप्त उहाँको सादगीपनको चर्चा गर्नुभयो । स्मृति सभाका अध्यक्ष, अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले डा. शर्माको योगदान नेपाली वाङ्मयमा अतुलनीय रहेको बताउँदै उहाँको विद्वत्ताको फाइदा नेपाली समाजले लिन नसकेको उल्लेख गर्नुभयो । डा. शर्मा आख्यानमा अब्बल भएर पनि समालोचना तथा नियात्राले उपन्यासकारको परिचय छोपिदिएको बताउनुभयो । कार्यक्रमको आरम्भमा साहित्यकार वासु श्रेष्ठले कार्यक्रममा उपस्थित महानुभावहरूको स्वागत गर्दै डा. शर्माको जीवनको झल्को प्रस्तुत गर्नुभएको थियो । कवि, गीतकार पुष्पा खनालले कार्यक्रम सञ्चालनका क्रममा डा. शर्माको व्यक्तित्वका विविध आयामको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा २० जना नेपाली साहित्यकार र साहित्यलाई माया गर्नुहुने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

Advertisement Banner
Previous Post

महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

Next Post

Sixth Edition of Tata Steel Bhubaneswar Literary Meet ends on a Musical High

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Sixth Edition of Tata Steel Bhubaneswar Literary Meet ends on a Musical High

Sixth Edition of Tata Steel Bhubaneswar Literary Meet ends on a Musical High

Recommended

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

2 months ago
US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

US imposes sanctions on network of Chinese, Emirati, and others dealing with petroleum

4 years ago

Don't Miss

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

March 26, 2026
भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

March 26, 2026
अमेरिकाको दाबी:युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित

अमेरिकाको दाबी:युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित

March 26, 2026
भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल  किन्दै

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल किन्दै

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.