‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

वरिष्ठ साहित्यकार तारानाथ शर्मासँग सम्बन्धित ’सम्झनामा तारानाथ शर्मा’ कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण गरेका हुन् । जेन कवि कृष्ण प्रसाईको सम्पादनमा रहेको कृति जरा फाउन्डेसनले प्रकाशन गरेको हो ।
सो पुस्तकमा तारानाथ शर्माको निधनको समयमा लेखिएका श्रद्धाञ्जलि र उहाँसँग सम्बन्धित चिठीपत्र र फोटोहरू संकलन गरिएकोे छ ।
उक्त कार्यक्रममा केही दिनअघि नेपालको श्रीअन्तुमा कला एकेडेमी सिक्किमको आयोजनामा अनौपचारिक रुपमा लोकार्पण गरिएको जेन कविता संग्रह घामको आयुको समेत लोकार्पण गरिएको थियो । यि दुबै पुस्तकको सिक्किमको विविध कला एकेडेमी र प्रेस क्लव अफ सिक्किमले एक समारोहमा पुनः विमोचन ग¥यो र सो कार्यक्रममा कृष्ण प्रसाईद्वारा जेन कविता वाचन र सिक्किम विश्वविद्यालयको संगीत विभागले एक दर्जन कलाकारहरुबाट सांगीतिक प्रस्तुति गरेको थियो ।
सो अवसरमा सिक्किम सरकारका प्रेस प्रमुख सि.पि. शर्मा र पिछडा वर्ग आयोगकी सभापति माननीय पवित्र भण्डारी, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा.पुष्पा शर्मा, प्रेस क्लव अफ सिक्किमका पत्रकार सर्वश्री माला राणा, पुरण तामाङ भीम रावत, अम्बर लाछिकाठी, साहित्यकार अनिता निरौला अधिवक्ता अनिल राई लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

Comments are closed.