Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देशभर आतंक: श्रृङ्खलाबद्ध चोरीले बढायो असुरक्षा, लाखौँ लुटिँदा पनि अपराधी फरार

Editorial Team by Editorial Team
February 1, 2026
in Nepal, News
0
देशभर आतंक: श्रृङ्खलाबद्ध चोरीले बढायो असुरक्षा, लाखौँ लुटिँदा पनि अपराधी फरार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–देशका विभिन्न भागमा पछिल्लो समय एकपछि अर्को गरी भएका चोरीका घटनाले सर्वसाधारण नागरिकलाई त्रसित बनाएको छ। राजधानी काठमाडौँदेखि पूर्वी जिल्ला झापासम्म फैलिएको चोरीको श्रृङ्खलाले “अब घर पनि सुरक्षित छैन” भन्ने डर आमनागरिकमा गहिरिँदै गएको छ। लाखौँ रुपैयाँ बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी हुँदा पनि दोषी अझै पक्राउ नपर्नु प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाउने अर्को कारण बनेको छ।
राजधानीमै खुलेआम चोरी, दिउँसै डेरामा हात सफा
काठमाडौँ महानगरपालिकाको मुटु मानिने डिल्लीबजार क्षेत्रमा नै चोरीको घटना हुनु आफैंमा चिन्ताको विषय हो। बाराको कलैया घर भई हाल डिल्लीबजारमा डेरा गरी बस्दै आएका राजु पटेलको कोठाबाट बिहीबार दिउँसो करिब ३ लाख ९४ हजार रुपैयाँ बराबरको नगद तथा सामान चोरी भएको प्रहरीले जनाएको छ।
दिउँसोको समय, वरिपरि मानिसहरूको आवतजावत भइरहेकै बेला चोरी हुनु भनेको अपराधीहरू कति निडर भइसकेका छन् भन्ने स्पष्ट संकेत हो। पीडित पटेलका अनुसार उनी केही समयका लागि बाहिर निस्कँदा कोठाको ढोका फोडेर नगद, मोबाइल तथा अन्य मूल्यवान् सामान चोरी गरिएको थियो।स्थानीयवासीहरू भन्छन्, “दिनदहाडै चोरी हुन्छ भने राति के हालत होला? प्रहरी गस्ती नामको मात्रै भयो।”
नागार्जुनमा अर्को डेरा खाली, एउटै शैली?
त्यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिका–४ मा बस्दै आएकी रामेछापकी अन्जु खुट्टेको डेराबाट पनि ३ लाख ५९ हजार रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ।यहाँ पनि चोरीको शैली उस्तै देखिन्छ — घरधनी वा डेरावाल बाहिर गएको मौका छोपेर ढोका फोड्ने, नगद र सजिलै बिक्री हुने सुनचाँदीका गहना उठाउने र फरार हुने। यसले संगठित गिरोह सक्रिय रहेको आशंका बलियो बनाएको छ।
झापामा त झनै ठूलो धक्का: ८ लाखभन्दा बढीको चोरी
राजधानीमा मात्रै होइन, पूर्वी नेपालमा पनि चोरीको आतंक कम छैन। झापाको अर्जुनधारा नगरपालिका–९ कालिस्थानमा बिहीबार राति भएको चोरीले सबैलाई चकित बनाएको छ। स्थानीय नारद पोख्रेलको घरबाट करिब ८ लाख रुपैयाँ बराबरको नगद तथा सुन–चाँदीका विभिन्न गरगहना चोरी भएको प्रहरीले पुष्टि गरेको छ। परिवारका सदस्य सुतिरहेको बेला चोरहरू घरभित्र पस्नु सुरक्षा व्यवस्थामाथिको गम्भीर चुनौती हो।पोख्रेल भन्छन्, “जीवनभरको कमाइ एकै रातमा सकियो। अब प्रहरीको भर मात्रै छ।”
किन बढ्दैछन् चोरीका घटना?
विशेषज्ञहरूका अनुसार पछिल्लो समय चोरी बढ्नुका पछाडि धेरै कारण छन् —
बढ्दो बेरोजगारी , लागूऔषधको दुव्र्यसन , कमजोर प्रहरी गस्ती प्रविधिको दुरुपयोग . कानुनी सजाय कमजोर हुनु , विशेष गरी चोरी गरे पनि सजिलै छुट्ने, थोरै दिनमै धरौटीमा रिहा हुने प्रवृत्तिले अपराधीलाई झनै प्रोत्साहन दिएको जानकारहरू बताउँछन्।
प्रहरीको दाबी: खोजी जारी, तर जनता सन्तुष्ट छैनन्
प्रहरीले चोरीमा संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ। शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको दाबी पनि गरिएको छ।तर यस्ता भनाइ अब पुरानै रटान जस्तै लाग्न थालेको सर्वसाधारणको गुनासो छ। “घटना भएपछि मात्र प्रहरी आउँछ, त्यसअघि सुरक्षा शून्य हुन्छ,” स्थानीयहरूको भनाइ छ।
अब कसरी रोक्ने चोरी?
चोरी नियन्त्रणका लागि केवल प्रहरीमाथि दोष थोपरेर मात्र हुँदैन। समग्र प्रणालीमै सुधार आवश्यक देखिन्छ।जोखिमयुक्त क्षेत्र पहिचान गरी २४ सै घण्टा गस्ती अनिवार्य हुनुपर्छ।टोल–टोलमा सीसीटीभी जडान, फेस रेकग्निसनजस्ता प्रविधि प्रयोग गर्नुपर्छ।स्थानीय स्तरमै टोल सुधार समिति सक्रिय बनाइ सामूहिक निगरानी प्रणाली विकास गर्नुपर्छ।डेरामा बस्नेहरूको विवरण प्रहरी चौकीमा अनिवार्य दर्ता गरिनुपर्छ।
अहिलेको कानुन अनुसार चोरीमा संलग्न धेरैजसो अपराधी सामान्य सजाय भोगेर पुनः अपराधमै फर्किने गरेको तथ्य छ। त्यसैले—दोहोरिने चोरीमा न्यूनतम कैद अनिवार्य , संगठित गिरोहलाई कडा जेल सजाय , चोरीको सम्पत्ति बरामद नभए बराबर क्षतिपूर्ति , धरौटीमा सजिलै छुट्ने व्यवस्था खारेज , यस्ता प्रावधान कानुनमै कडाइका साथ लागू हुन जरुरी देखिन्छ।
काठमाडौँ र झापाका यी घटनाहरू कुनै छुट्टाछुट्टै संयोग होइनन्, यो देशभर फैलँदो असुरक्षाको संकेत हो। यदि अब पनि राज्य, प्रहरी र समाज गम्भीर नहुने हो भने चोरी, ठगी र आपराधिक गतिविधि अझै विकराल बन्ने निश्चित छ।
जनताको घर सुरक्षित छैन भने विकास, समृद्धि र शान्तिको कुरा केवल भाषणमै सीमित हुनेछ। अब समय आएको छ — चोरी गर्नेको मनमा डर बसाल्ने, पीडितलाई न्याय दिलाउने र समाजमा सुरक्षा अनुभूति गराउने।

Advertisement Banner
Previous Post

Nepal launches five-year roadmap to modernize financial sector

Next Post

चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

Editorial Team

Editorial Team

Next Post
चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

Recommended

IND vs ENG 5th Test: India bowl out England for 284

IND vs ENG 5th Test: India bowl out England for 284

4 years ago
US President Joe Biden signs the breakthrough gun safety legislation

US President Joe Biden signs the breakthrough gun safety legislation

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.