Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

Editorial Team by Editorial Team
December 14, 2025
in News, World
0
थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमास्तरीय हिंसात्मक झडप रोक्न दुवै देशका प्रधानमन्त्रीहरू सहमत भएको दाबी गरेका छन्।
ट्रम्पले थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको छुट्टाछुट्टै फोन वार्तापछि यो घोषणा गरेका हुन्।
हालैका दिनहरूमा दुई देशको सीमामा भएको झडपमा कम्तीमा २० जनाको ज्यान गएको छ भने करिब पाँच लाख मानिस विस्थापित भएका छन्। बढ्दो मानवीय संकटबीच आएको युद्धविरामको घोषणालाई क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मा ट्रम्पले लेखेका छन्, ‘दुवै नेताहरू शुक्रबार साँझदेखि सबै प्रकारका गोलीबारी रोक्न सहमत भएका छन्। उनीहरूले मैले अघि सारेको मूल शान्ति सम्झौतामा फर्कने निर्णय गरेका छन्।’
उनले थपे, ‘दुवै देश शान्तिका लागि तयार छन् र अमेरिकासँगको व्यापारिक सहकार्यलाई निरन्तरता दिन चाहन्छन्।’
यद्यपि, ट्रम्पको घोषणापछि थाई प्रधानमन्त्री चार्नविराकुलले पत्रकार सम्मेलनमार्फत सर्तसहितको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘कम्बोडियाले गोलीबारी पूर्ण रूपमा बन्द गरे, आफ्ना सेना फिर्ता बोलाए र बिछ्याइएका बारुदी सुरुङ हटाएपछि मात्र वास्तविक युद्धविराम सम्भव हुनेछ।’एजेन्सी

Advertisement Banner
Previous Post

समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

Next Post

बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

Recommended

Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

4 months ago
Indian film ‘Homebound’ shortlisted for Best International Feature Film at Oscars 2026

Indian film ‘Homebound’ shortlisted for Best International Feature Film at Oscars 2026

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.