Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

जनजीवन ठप्प, २९ जनाको मृत्यु

Editorial Team by Editorial Team
January 27, 2026
in News, USA News
0
अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आएको शताब्दीकै सबैभन्दा शक्तिशाली र खतरनाक हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
भीषण हिमपात, ठिही र वर्षाले धेरै राज्यहरूमा ठूलो क्षति पुर्‍याउँदा हालसम्म कम्तीमा २९ जनाले ज्यान गुमाइसकेका छन् । यो आँधीले अर्कानासदेखि न्यु इंल्यान्डसम्मको करिब २१०० किलोमिटर क्षेत्रमा एक फिटभन्दा बढी हिउँको तह जमाएको छ, जसका कारण सडकमा सवारी साधनहरू अलपत्र परेका छन् । हजारौँ उडानहरू रद्द भएका छन् भने शिक्षण संस्थाहरू बन्द गरिएका छन् ।
मौसम विभागका अनुसार पिट्सबर्गको उत्तरी क्षेत्रमा २० इन्चसम्म हिउँ परेको छ । तापक्रम माइनस ३१ डिग्री सेल्सियससम्म पुगेको छ ।
न्युयोर्क सहरमा हालैका वर्षहरूकै उच्च हिमपात रेकर्ड गरिएको छ, जहाँ सेन्ट्रल पार्कमा मात्रै ११ इन्च हिउँ जमेको छ । मुख्य सडकहरू सफा गरिए पनि फुटपाथमा मानिसहरू घुँडासम्मको हिउँमा हिँड्न बाध्य छन् । मेट्रो सेवामा समेत ढिलाइ भएको छ ।
दक्षिणी राज्यहरूको अवस्था झनै भयावह देखिएको छ । त्यहाँ हिउँसँगै ‘फ्रिजिङ रेन’ भएका कारण रुख र बिजुलीका पोलहरू ढल्दा ७.५ लाखभन्दा बढी घरहरू अन्धकारमा परेका छन् ।
विशेषगरी मिसिसिपी र टेनेसीका बासिन्दा विजुलीविहीन भएर कठ्यांग्रिदो जाडोमा बस्न बाध्य छन् । मिसिसिपीमा सन् १९९४ पछिकै यो सबैभन्दा भयानक आँधी मानिएको छ । मिसिसिपी विश्वविद्यालयलाई हप्ताभरिका लागि बन्द गरिएको छ ।
न्युयोर्कमा अत्यधिक चिसोका कारण आठजनाको मृत्यु भएको छ । म्यासाचुसेट्स र ओहायोमा हिउँ सफा गर्ने मेसिनले किचेर दुईजनाको ज्यान गएको छ । अर्कानास र टेक्ससमा हिउँमा खेलिने खेलका क्रममा दुई किशोरको मृत्यु भएको छ । कान्सासमा एक २८ वर्षीया शिक्षिकाको शव हिउँमा पुरिएको अवस्थामा भेटिएको छ ।
लुइजियाना, पेन्सिलभेनिया र टेनेसीमा तीन/तीनजना, मिसिसिपीमा दुई र न्युजर्सीमा एकजनाको मृत्यु भएको छ । अमेरिकाका ४८ मुख्य राज्यहरूको औसत न्यूनतम तापक्रम माइनस १२.३ डिग्री सेल्सियस रहने अनुमान छ, जुन २०१४ पछिकै सबैभन्दा कम रहेको बताइएको छ ।
हवाई सेवामा पनि यसले ऐतिहासिक असर पारेको छ । एकै दिन आठ हजारभन्दा बढी उडानहरू ढिला वा रद्द भएका छन् । आइतबार मात्रै अमेरिकाका ४५ प्रतिशत उडानहरू रद्द गरिएका थिए, जुन कोरोना महामारीपछिको सबैभन्दा ठूलो संख्या हो ।

टेनेसीको न्यासभिलमा बिजुली नभएपछि धेरै मानिसहरू होटेलमा शरण लिन पुगेका छन् । कतिपयले आफ्ना साना बालबालिकाका लागि दूध सुरक्षित राख्न मात्रै पनि होटेलमा कोठा लिनुपर्ने बाध्यता आएको बताएका छन् ।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपूर्ण स्थितिलाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले जानकारी दिएकी छिन् ।
राष्ट्रपति ट्रम्पले २४ घण्टाभित्रै अर्कानास, जर्जिया, केन्टकी, मिसिसिपी र टेनेसीलगायत १२ राज्यका लागि संघीय आपतकालीन विपद् घोषणालाई स्वीकृति दिएका छन् ।
यो घोषणाले प्रभावित राज्यहरूलाई राहत कार्य, विद्युत सेवा पुनः सञ्चालन र सडक सफाइका लागि आवश्यक संघीय संसाधन र कोषमा पहुँच पुर्‍याउने बताइएको छ ।

ह्वाइट हाउसले आगामी दिनमा प्रभावित राज्यका गभर्नर र स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहने जनाएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

Next Post

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

Editorial Team

Editorial Team

Next Post
नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange declines for sixth day as turnover hits Rs 4.66 billion

2 months ago
औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

3 months ago

Don't Miss

Gagan Thapa unveils five-year plan to attract IT investment, make Nepal a digital hub

Gagan Thapa unveils five-year plan to attract IT investment, make Nepal a digital hub

February 16, 2026
Nepal: Election police deployed on streets ahead of polls

Nepal: Election police deployed on streets ahead of polls

February 16, 2026
Nepal: Election Commission proposes general elections on November 18

Election Commission receives 66 complaints of code of conduct violation

February 16, 2026
Nepal Foreign Minister leaves for Dhaka to attend Bangladesh government oath-taking

Nepal Foreign Minister leaves for Dhaka to attend Bangladesh government oath-taking

February 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.