Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अंग्रेजी अभिव्यक्तिमा नेपाली संवेदना: आरआर क्याम्पसमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न

Editorial Team by Editorial Team
April 6, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
अंग्रेजी अभिव्यक्तिमा नेपाली संवेदना: आरआर क्याम्पसमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा शनिबार विशेष ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ। ‘वर्तमान कविता समूह’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक अनुभूति, सामाजिक यथार्थ र दार्शनिक संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै बहुभाषिक काव्य–अभिव्यक्तिको नयाँ आयाम उद्घाटित गरेका थिए।

कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले आगामी दिनमा अन्य भाषामा पनि यस्ता बहुभाषिक काव्य–अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना रहेको र यो पहिलो प्रयास भएको जानकारी दिए। उनले यस्तो प्रयासले नेपाली संवेदनालाई अन्तर्राष्ट्रिय भाषिक संवादसँग जोड्ने विश्वास व्यक्त गरे। आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत उनले आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गर्दै सत्ता र नैतिकताको दोहोरो चरित्रमाथि प्रश्न उठाए।

कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु–छोराबीचको संवादमार्फत आकाशलाई विश्वास, आशा र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे। कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत उज्यालोको खोजीमा रहेका सिर्जनशील चेतनाको व्याकुलता व्यक्त गरिन् भने कवि अभय श्रेष्ठले ‘लभस् अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम, निद्रा र देश गुमाउनुको पीडाबीचको सम्बन्धलाई गहिराइका साथ प्रस्तुत गरे। कवि सुमन वर्षाले ‘लुज’ शीर्षकको कविता वाचन गर्दै इन्द्रियको त्यागमार्फत प्राप्त हुने आन्तरिक शान्ति र जीवनको वास्तविक उत्सवबारे दार्शनिक विमर्श गरे। कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत भविष्यमा समानता स्थापित हुने र सिमान्तकृत आवाजले न्याय पाउने आशावादी दृष्टि व्यक्त गरे। कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ मार्फत पीडा र निराशापछि आउने नयाँ आरम्भको सम्भावना उजागर गरिन्। कवि तेजिन एमिल इजमले आफ्नो शीर्षकविहीन कविता (जुन उनले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखेका थिए) मार्फत शान्तिका प्रतीक फूल कसरी घृणा र बारुदमा परिणत हुन्छ भन्ने यथार्थप्रति आक्रोश व्यक्त गरे।

वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएका नदीहरू र भू–माफियाको कब्जामा परेको प्रकृतिको पीडादायी अवस्थालाई उजागर गरे। कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवन, सिर्जनात्मक प्रेरणा र कल्पनाशील उडानको सौन्दर्य प्रस्तुत गरिन्। कवि भुवन थपलियाले ‘स्प्रिङ’ शीर्षकको कवितामा प्रकृति र वनसँगको सामीप्यले मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे। कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत सहरीकरणका कारण प्राकृतिक सौन्दर्य क्रमशः कुरुप बन्दै गएको यथार्थ चित्रण गरे भने कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबी र सामाजिक अन्यायको कटु यथार्थ उजागर गरे। कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहनालाई कलात्मक रूपमा व्यक्त गरिन्। कार्यक्रमको अन्त्यतिर कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ मार्फत आफ्ना ‘कमरेड’हरूले गरेका बाचा अधुरा रहेको भन्दै राजनीतिक विश्वासघातप्रति प्रश्न उठाए। कवि धीरकुमार श्रेष्ठले ‘द कल’ मार्फत मृत्युको मौनता र अन्तिम यात्राको सत्यलाई मार्मिक रूपमा प्रस्तुत गरे। कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए।

कार्यक्रमको उद्देश्य नेपाली माटोको सुगन्ध, अनुभूति र जीवनभोगाइलाई अंग्रेजी भाषामार्फत विश्वमञ्चमा पुर्‍याउनु रहेको उद्घोषक चन्द्रबहादुर लामाले बताए। महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा, प्रतिरोध र मानवीय अस्तित्वका विविध आयामलाई समेट्दै समकालीन संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए। भाषा फरक भए पनि भावनाको आधार एउटै रहने सन्देश दिँदै उक्त कार्यक्रमले नेपाली काव्य चेतनालाई अन्तर्राष्ट्रिय संवादतर्फ उन्मुख गराएको आयोजकको विश्वास छ।

 

Advertisement Banner
Previous Post

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

Next Post

राजनीतिक कोटाका राजदूतलाई फिर्ता बोलाउने तयारी

Editorial Team

Editorial Team

Next Post
राजनीतिक कोटाका राजदूतलाई फिर्ता बोलाउने तयारी

राजनीतिक कोटाका राजदूतलाई फिर्ता बोलाउने तयारी

Recommended

Ukraine: Over 150 cultural sites partially or totally destroyed

Ukraine: Over 150 cultural sites partially or totally destroyed

4 years ago
World’s most advanced diamond recovery vessel to start operating in Namibia

World’s most advanced diamond recovery vessel to start operating in Namibia

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.