दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित तथा डा. रामप्रसाद दाहालद्वारा लिखित ‘बोल्दैन फोटो’ नियात्रोपन्यास कृतिमाथि सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् एवम् प्राज्ञ प्रा. दिनेशराज पन्तसहित पच्चीस तीस साहित्यिक व्यक्रित्वहरुद्वारा कृतिका बारेमा टिकाटिप्पणी तथा कृतिको औचित्यबारे वृहत् चर्चा भएको सो समारोहमा प्रमुख अतिथि श्री पन्तले भन्नुभयो— शैक्षिक उन्नति र प्रगतिमा समर्पित स्रष्टा डा. दाहालले ‘बोल्दैन फोटो’ जस्तो नपढि नहुने कृति दिएर साहित्य जगतलाई ठूलो गुन लगाउनुभएको छ ।
सो अवसरमा समालोचक एवं कवि ठाकुर शर्मा भण्डारी र पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले कृतिमाथि विशेष टिप्पणी गर्नुभएको थियो भने साहित्यकार सूब सेन, संस्कृतिविद् डा. वीणा पौड्याल, वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, समालोचक युवराज मैनाली र अन्य साहित्यकारहरू बमबहादुर थापा जिताली, विजयध्वज थापा, बालिका गिरी, मञ्जुश्री प्रधान, केशवराज पन्त, सविन पोखरेल, वीरबहादुर लोहनी र राधा कार्की दुलालले पनि कृतिको औचित्यबारे सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्री पन्तले कृति प्रकाशनको प्रयोजनबारे स्पष्ट पार्नुभएको थियो भने कृतिकार डा. दाहालले सगरमाथा बेसक्याम्प परिधिको यात्राबाट प्रभावित भएर कृति लेख्न प्रेरणा जागेको बारे आफ्ना भावना प्रस्तुत गर्नुभएको थियो ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.