Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

Editorial Team by Editorial Team
April 2, 2026
in Nepal, News
0
प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरु हुदैछ । आज प्रतिनिधि सभाको बैठक २ बजे र राष्ट्रिय सभाको बैठक पनि २ बजेदेखि नै शुरु हुदैछ ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधि सभामा रास्वपाका १८२, नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम शक्ति पार्टीका ७, राप्रपाका ५ र एक सांसद स्वतन्त्र रहेका छन् । प्रतिनिधि सभाको आजको बैठक पहिलो बैठक भएकाले बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दैछन् ।
आजको बैठकका सम्भावित कार्यसूची यस्तो छ:
राष्ट्रपतिको पत्र
– ज्येष्ठ सदस्य/सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने ।
– सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने ।
– प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने ।
बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन
– सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने ।
अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य
अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने ।
सभामुख पदको निर्वाचनको दिन तोकिने
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने ।
अध्यादेश पेस
गृहमन्त्री सुधन गुरुङले निम्नलिखित अध्यादेशहरू पेस गर्नुहुने:-
(क) मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२
(ख) प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२
(ग) नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२
शोक प्रस्ताव
सभामुखले संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गर्ने ।

Advertisement Banner
Previous Post

आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

Next Post

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

Editorial Team

Editorial Team

Next Post
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

Recommended

NATO warns of long Ukraine war as Russian assaults follow EU boost for Kyiv

NATO warns of long Ukraine war as Russian assaults follow EU boost for Kyiv

4 years ago
इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

1 month ago

Don't Miss

अंग्रेजी अभिव्यक्तिमा नेपाली संवेदना: आरआर क्याम्पसमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न

अंग्रेजी अभिव्यक्तिमा नेपाली संवेदना: आरआर क्याम्पसमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न

April 6, 2026
बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

April 6, 2026
गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

April 6, 2026
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.