फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक

काठमाडौं, मङ्सिर  । फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार भएको फिल्मलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतको अभिनय रहेको छ ।

फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । सस्पेन्स र थ्रिलरले भरिएको फिल्मको फिल्मकी निर्माता रिञ्जु केसी हुनुहुन्छ ।

Comments are closed.