यातायात कार्यालयबाट दुई जना बिचौलियालाई पक्राउ

काठमाडौँ । प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का अनिल साह र महोत्तरीकै एकडारा ३ बस्ने वीरेन्द्र साहलाई पक्राउ गरेको हो ।

यातायात कार्यालयमा आर्थिक लाभ लिएर काम गरिरहेको गुनासो पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले बताए ।यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए ।

Comments are closed.