Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

Editorial Team by Editorial Team
February 19, 2026
in Nepal, News, Politics
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ।

पार्टीले आफ्नो घोषणापत्रमा भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई योजनाबद्ध आक्रमणको रूपमा उल्लेख गरेको छ। सो घटनामा संलग्न केही तत्वहरूले नयाँ शक्ति नामक समूहको मुखुण्डो लगाएर राष्ट्रघात गर्ने प्रयास गरेको पार्टीको तर्क छ।

घोषणापत्रमा भनिएको छ,‘देशभर गत भदौ २४ गते गरिएको महाविनाश अप्रत्यासित घटना होइन। नेपाल राष्ट्रको सार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनावद्ध रूपमा गरिएको आक्रमण हो। त्यसका लाभग्राहीहरू सरकारमा कुन रूपमा छन् र निर्वाचनमा कुन रूपमा आएका छन्, तपाईंहरूले देख्नुभएकै छ। राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन्। हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन।’

नेकपा एमालेले आफूलाई निर्माण र स्थिरताको पक्षमा रहेको र समाजलाई शान्ति, सुव्यवस्था र राजनीतिक स्थिरताको मार्गमा फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीको भनाइ अनुसार, वर्तमान राजनीतिक अस्थिरता विकास र अर्थतन्त्रको गतिमा अवरोध सिर्जना गर्ने मुख्य कारण हो। यसैले घोषणापत्रमा राजनीतिक स्थिरतालाई सबैभन्दा उच्च प्राथमिकता दिइएको छ।

घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ।

यी योजनाहरू अन्तर्गत सार्वजनिक संरचनाहरूको पुनर्निर्माण, प्रशासनिक कार्यक्षमता सुधार, र नागरिकमा विश्वास फर्काउने काम प्राथमिकतामा राखिएका छन्। पार्टीले सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइएका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्यलाई समयसीमा तोकेर अगाडि बढाउने योजना सार्वजनिक गरेको छ।

पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने दाबी गरेको छ। घोषणापत्रमा उल्लेख छ कि असुरक्षा, अव्यवस्था र शान्तिभंग गर्ने स्रोतहरू अन्त्य गरेर नेपाली समाजलाई भयमुक्त, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ।

पार्टीले आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा प्राथमिकता, समयसीमा र नीतिगत ढाँचा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ। यससँगै, राजनीतिक अस्थिरता रोक्न, विकासका कार्यक्रमलाई द्रुत गति दिने, र समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने लक्ष्य घोषणापत्रमा राखिएको छ।

Advertisement Banner
Previous Post

नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ : गगन थापा

Next Post

युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Editorial Team

Editorial Team

Next Post
युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Recommended

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

4 months ago
Monash strengthens sustainability and climate change research and education across the University

Monash strengthens sustainability and climate change research and education across the University

5 months ago

Don't Miss

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

April 6, 2026
गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

April 6, 2026
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 6, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.