Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

Editorial Team by Editorial Team
August 12, 2026
in Nepal, News, Politics
0
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटका लागि साझा आधार तय गर्दै तल्लो तहसम्म पाँचबुँदे विशेष निर्देशन (सर्कुलर) जारी गरेका छन्।

गत साउन ९ गते दुई दलबीच भएको तीनबुँदे राजनीतिक सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा हस्ताक्षर गरी कार्यढाँचा स्वीकृत गरेका हुन्।

संयुक्त निर्देशनअनुसार प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटमा सम्बन्धित प्रदेशसभामा दुवै दलको सिट संख्यालाई मुख्य आधार बनाइनेछ। मुख्यमन्त्री र सभामुखको पदलाई समेत समग्र शक्ति सन्तुलनको गणनामा समेटिने सहमति भएको छ।

मन्त्रालय बाँडफाँटमा पालैपालो छनोट

मन्त्रालय बाँडफाँटका लागि दुवै दलले ‘रोटेशन’ प्रणाली अपनाउने भएका छन्। जसअनुसार मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले पहिलो मन्त्रालय छनोट गर्नेछ।

त्यसपछि मुख्यमन्त्री पाउने दलले दोस्रो मन्त्रालय रोज्नेछ। यही क्रमलाई पालैपालो दोहोर्‍याउँदै प्रदेशका सबै मन्त्रालय बाँडफाँट गरिनेछ।

दुई दलको सिट संख्याले मात्रै सरकार गठनका लागि स्पष्ट बहुमत नपुगे तेस्रो दललाई समेत सरकारमा सहभागी गराइनेछ। तेस्रो दललाई सरकारमा सहभागी गराउँदा आपसी समझदारीमा केही मन्त्रालय छुट्याइने र बाँकी मन्त्रालयमा पुनः पालैपालो छनोट प्रणाली लागू गरिनेछ।

न्यूनतम साझा प्रतिबद्धता अनिवार्य

निर्देशनमा प्रत्येक प्रदेश सरकारले ‘न्यूनतम साझा प्रतिबद्धता’ तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रादेशिक विकासलाई गति दिने, सुशासन कायम गर्ने तथा राजनीतिक स्थिरता सुनिश्चित गर्ने उद्देश्यले यस्तो प्रतिबद्धता तयार गरिने जनाइएको छ।

प्रदेश सरकारको दैनिक कार्यसम्पादन तथा मूल्यांकन पनि यही न्यूनतम साझा प्रतिबद्धताका आधारमा गरिने निर्देशनमा उल्लेख छ।

संघीयताको प्रवर्द्धन तथा सुदृढीकरण गर्दै दुई दलबीचको सहकार्यलाई दीर्घकालीन बनाउने उद्देश्यले सहमति र कार्यढाँचालाई कडाइका साथ कार्यान्वयन गर्न दुवै दलका शीर्ष नेताले निर्देशन दिएका छन्।

Advertisement Banner
Previous Post

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

Next Post

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

Editorial Team

Editorial Team

Next Post
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

Recommended

Ultrathin fuel cell uses the body’s own sugar to generate electricity

Ultrathin fuel cell uses the body’s own sugar to generate electricity

4 years ago
China to host BRICS Foreign Ministers meeting on May 19 through video conference

China to host BRICS Foreign Ministers meeting on May 19 through video conference

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.