वाल्ट ह्विटमानमा समर्पित कवि गोष्ठि सम्पन्न

 

३०जेठ,…अमेरिका नेपाल साहित्य प्रतिष्ठान’ले अमेरिकी दूतावासको ‘अमेरिकन स्पेसेस इन’ नेपालको सहकार्यमा प्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटमानमा समर्पित विशेष कवि गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

तीसको दशकका कवि र युवा कविहरूको संयोजन रहेको उक्त गोष्ठिमा चालिस भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको संयोजक कवि गोविन्द गिरी प्रेरणा, सुलभ भट्ट तथा छिरिङ तामाङले गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, दिव्य गिरी, गोविन्द गिरी प्रेरणा, वश्वबिमोहन श्रेष्ठ, अमेकिा निवासी कवि वसन्त श्रेष्ठ, पवन आलेक, ऋषभदेव घिमिरे, रञ्जना निरौला, लव गाउँले, डा=विप्लब ढकाल, राधेश्याम लेकाली, मञ्जिला अनिल, भगवती बस्नेत, पारू तिमल्सिना, विधान आचार्य लगायतका कविहरूको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिकन स्पेसेस भैरहवा, बिराटनगर, इलाम र पोखराबाट कविहरूले प्रविधी मैत्रिबाट जोडिएर कविता वाचन गर्न भएको थियो । बिराटनगरबाट डा.सन्दर्भ गिरी, भैरहवाबाट दर्शन घिमिरे र प्रतिभा पौडेल र पोखराबाट आरती आचार्यले विविध विषयमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रम र स्पेसेस इनका बारेमा कार्यक्रम संयोजक तथा अमेरिकन स्पेसेस  स्पेसियलिस्ट सुलभ भट्टले बताउनु भएको थियो ।

‘अमेरिकन स्पेसेस इन’ विश्वभरीका १५० देशमा ६५० भन्दा बढी स्थानमा इच्छुकलाई स्वागतयोग्य, मैत्रि वातावरण प्रदान गर्दछ । संयुक्त अमेरिकाको बारेमा जान्न चाहनेका लागि यसले निशुल्क जानकारी दिनेगर्छ । विभिन्न कार्यक्रम र कार्यशालाका गतिविधीद्वारा अमेरिकाको बारेमा  जानकारी दिने तथा जोडने का गर्दछ । अमेरिकामा अध्ययन गर्न चाहनेका लागि निशुल्क शैक्षिक परामर्स, अंग्रजी भाषा सिकाइका लागि विभिन्न प्रकारका कार्यशाला लगायतका बहुउपयोगी कार्य गर्ने गर्दछ  ।

Comments are closed.