Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 22, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले २०७९ सालको वसुन्धराश्री पुरस्कार म्यान्मा निवासी वरिष्ठ नेपाली साहित्यकार ठाकुरप्रसाद गुरागाईँलाई र २०७९ सालको मानश्री पुरस्कार म्यान्मा निवासी नेपाली कलाकार थानबहादुर रावललाई प्रदान गर्ने घोषणा गरेको छ ।

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ७५ हजार रुपैयाँको रहेको छ ।

यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँको रहेको छ ।

वि.सं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मनुभएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन गरेका छन् ।

 

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे …२०५७, वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट …२०५८, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले …२०५९, वरिष्ठ समालोचक यदुनाथ खनाल …२०६०, वरिष्ठ आख्यानकार मदनमणि दीक्षित …२०६१, वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा …२०६२, वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई २०६३, वरिष्ठ कवि मोहन कोइराला …२०६४, वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी …२०६५, वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान २०६६, वरिष्ठ कवि वैरागी काँइला २०६७, वरिष्ठ कवि धर्मराज थापा …२०६८, वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी …२०६९, वरिष्ठ चित्रकार शशि शाह …२०७०’ वरिष्ठ कलाकार हरिप्रसाद रिमाल …२०७१’, वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री …२०७३, वरिष्ठ समालोचक प्राडा तारानाथ शर्मा …२०७४, वरिष्ठ गायक प्रेमध्वज प्रधान …२०७५, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ २०७६, आख्यानकार डा= ध्रुवचन्द्र गौतम …२०७७= र लोकगायक कुमार बस्नेत …२०७८,लाई सम्मान गरिएको थियो ।

यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल २०५८, नाटककार अशेष मल्ल २०५९, गजलकार ज्ञानुवाकर पौडेल २०६०, साहित्यकार मञ्जुल २०६१, कथाकार मधुवन पौडेल २०६२, कवि विष्णुविभु घिमिरे २०६३, कवि कृष्णभूषण बल २०६४, कथाकार भुवन ढुङ्गाना २०६५, कथाकार सनत रेग्मी २०६६, कवि विजय बजिमय २०६७, समालोचक डा रामदयाल राकेश २०६८, कथाकार डा= वेञ्जु शर्मा २०६९, चित्रकार किरण मानन्धर २०७०, कलाकार नीर शाह २०७१, गायक दीप श्रेष्ठ २०७२, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ २०७३, साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली २०७४, गायक भक्तराज आचार्य २०७५ कलाकार हरिवंश आचार्य २०७६, साहित्यकार सरुभक्त २०७७ र गायिका मीरा राणा

२०७८,लाई प्रदान गरिएको थियो ।

वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार ‘म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा गरेको योगदानलाई सम्झन यी दुई पुरस्कार यस वर्ष दुवै म्यान्माली नेपालीलाई प्रदान गरिएको हो । म्यान्मामा नेपालीले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको योगदान साँच्चिकै अनुकरणीय छ ।’

Advertisement Banner
Previous Post

‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

Next Post

TCS Inaugurates Pace Port Pittsburgh, a Co-Innovation and Advanced Research Center at Carnegie Mellon University

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
TCS Inaugurates Pace Port Pittsburgh, a Co-Innovation and Advanced Research Center at Carnegie Mellon University

TCS Inaugurates Pace Port Pittsburgh, a Co-Innovation and Advanced Research Center at Carnegie Mellon University

Recommended

Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Nepal Rastra Bank increases microfinance loan ceiling to Rs 1.5 million

9 months ago
अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.