काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं ।’
सो अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरु बारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरु छन् ।’
उहाँले अहिले परिस्थिति नयाँ बनेको बताउनुहुँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि, नागरिक समाज लगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपील पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
Trending Now
- Govt of Nepal, National Statistics Office launched the National Climate Change Survey 2022
- Foreign Secretary Ms. Sewa Lamsal received non-resident Ambassador of Romania to Nepal H.E. Mrs. Daniela Mariana Sezonov Tane today
- NHRC Nepal Commissioner Dr. Surya Prasad Sharma Dhungel participated in the annual meeting of GANHRI and APF
- Nepal: Fiscal Federalism Progressing at a Moderate Pace; Further Reforms Needed to Strengthen Outcomes
- राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरु
- रहेनन् कलाकार उज्वल केसी
- रुसले फेरि गर्यो कीभमा आक्रमण, पाँच युक्रेनी गाउँ कब्जा गरेको दाबी
- South Korea accuses North Korean hackers of stealing data from its court
- उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
- ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामक पुस्तक विमोचन
Comments are closed.