Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल सुरु’

himalaya Diary News Service by himalaya Diary News Service
March 16, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल सुरु’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौं, चैत्र, १, तिनकुने, सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले दुई दिने …ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ सुरु गरेको छ ।

आजका युवा भोलिका कर्णधार मात्र नभएर वर्तमान समयको शक्तिशाली समूह हुन् । उनीहरुलाई आजको राजनीति, शिक्षा, साहित्य, संगीत र सिनेमा जस्ता पक्षमा समेत जागरुक बनाउनुपर्छ भन्ने उद्देश्यले कलेजले मंगलबारदेखि फेस्टिबल सुरु गरेको हो । कलेजका अनुसार फेस्टिबलमा राजनीति, शिक्षा, साहित्य, संगीत र सिनेमा बहस तथा छलफल गरिनेछ ।

फेस्टिबलको पहिलो दिन अभिनेता राजेश हमालदेखि साहित्यकार नयनराज पाण्डे, सिनेकर्मी मीन भाम, गायिका इन्दिरा जोशी, युवा नेताहरु मानुषी यमी भट्टराई, सुरेन्द्र बस्नेत लगायतकाले अहिलेको राजनीति, शिक्षा, साहित्य, संगीत र सिनेका विषयमा परिचर्चा गर्दै युवा पुस्तालाई यसतर्फ केन्द्रित गर्न चाल्नुपर्ने कदमहरुबारे उल्लेख गरे ।

 

अभिनेता हमालले स्वभावले नै मानिसको रुचि अर्काे मान्छे बन्ने प्रयत्नमा हुने सुनाउँदै आफूबाट अरुले केही ग्रहण गरुण भन्ने शब्द र अभिव्यक्ति चयन हुनुपर्ने धारणा राखे । …अरुले के भन्ला, के सोच्ला भनेर नै हामी सोचिरहेका हुन्छौं, उनले भने, …सबैले मलाई नै सम्बोधन गरोस् भन्ने भ्रम हो । आफूसँग सम्बन्धित कुरा हेर्नेहरुले पाउनुहुन्छ कि हुन्न भन्ने मुख्य हुन्छ । साहित्यलाई युवा पुस्ताको भावना प्रकट गर्ने सशक्त माध्यम भएको सुनाउँदै उनले यसले गुम्सिएको भावनाबाट मुक्त गराउने सुनाए । युवा नेताहरु भट्टराई लगायतकाले ‘राजनीतिमा युवा’ सेसनमा अहिलेको राजनीतिले युवा पुस्ताका मुद्दालाई सम्बोधन गर्न नसकेको धारणा राखे । युवामैत्री, युवालाई अनुमोदन गर्ने, उमेरहद जस्ता नीतिगत प्रणाली राजनीतिमा नभएकाले यसतर्फ युवा पुस्ताको वितृष्णा बढेको भट्टराईले सुनाईन् ।

 

सर्जकहरु पाण्डे, भाम र जोशीले भने ‘संगीत, साहित्य र अभिनय’ सेसन अन्तर्गत नेपाली साहित्य, संगीत र सिनेमाका बारेमा चर्चा गरे । पाण्डेले समय र समाज परिवर्तन अनुसार नेपाली साहित्य अगाडि बढिरहेको सुनाए । उनले भने, ‘अहिले साहित्यमा युद्ध, वैदेशिक रोजगार, महामारी जस्ता मनलाई स्पर्श गर्ने धेरै विषयहरु आएका छन् । अहिलेको साहित्य समय अनुकुल नै आइरहेका छन् ।’ भामले मौलिक नेपाली सिनेमाको परिचर्चा गर्दै गर्दा गायिका जोशीले संगीतमा प्रविधिले मारेको फड्कोलाइ जोडिन् । हास्यकलाकार राजा राजेन्द्रले हास्यव्यंग्य प्रस्तुत दिएका थिए । फेस्टिबल बुधबारसम्म चल्नेछ ।

Advertisement Banner
Previous Post

‘सृजन अविरलको मोक्ष उपन्यास पुरस्कृत’ 

Next Post

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

Recommended

UK Ministry of Defence to offer paid military ‘gap years’ for young people

UK Ministry of Defence to offer paid military ‘gap years’ for young people

2 months ago
ADB Appoints Shannon Cowlin as New Country Director for Sri Lanka

ADB Appoints Shannon Cowlin as New Country Director for Sri Lanka

4 weeks ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.