काठमाडौं –हङकङ स्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वब्यापी ईको कविता (पर्यावरण कविता) प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
हालै प्रतियोगितामा कविता पठाउने म्याद थप्दै गरिएका केहि संसोधन अनुसार अब कविता प्रतियोगिताको कार्यतालिका र पुरस्कारको व्यवश्था निम्नअनुसार हुनेछ:
१. रचनाको स्वरूप:
• कविता मौलिक हुनुपर्दछ र अनिवार्य रूपमा नेपाली भाषामा लेखिएको पर्या/इको कविता हुनुपर्छ।
• अधिकतम शब्द सीमा ३५० शब्दसम्म हुनेछ।
२. प्रस्तुति शैली:
• कविता स्पष्ट रूपमा नेपाली युनिकोड वा प्रिती फन्टमा टाइप गरिएको हुनुपर्नेछ, MS Word वा PDF दुवै फाईलमा पठाउन सकिने छ तर फोटो खिचेर वा अन्य कुनै फन्टमा गरिएकालाई प्रतियोगितामा सहभागि गराईने छैन।
३. रचनासँग संलग्न गर्नुपर्ने विवरणहरू:
• रचनाकारको पूरा नाम
• सम्पर्क नम्बर (ह्वाट्सअप भएको)
• ईमेल ठेगाना
• स्थायी ठेगाना
• हालसालै खिचिएको स्पष्ट फोटो
• प्रेषित रचना NRNA Hong Kong Ltd ले संस्थाको कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न सकिने सहमति ।
४. रचना बुझाउने माध्यम:
• रचना प्रतियोगिताको पोस्टरमा उल्लेख गरिएका आधिकारिक ईमेल ठेगानाecopoemhk@gmail.com वा WhatsApp नम्बरहरू +852 97981272| +852 61122105 मा मात्र पठाउन सकिनेछ।
• अन्य माध्यमबाट प्राप्त रचनाहरू अमान्य ठहरिनेछन्।
५. विषयवस्तु सम्बन्धी मापदण्ड:
• कुनै पनि व्यक्ति, संस्था वा पक्षको मानहानी गर्ने, अपमानजनक वा नोक्सान पुर्याउने खालका रचनाहरू प्रतियोगिताका लागि अयोग्य ठहरिनेछन्। कविताको विषयवस्तु नितान्त पर्यावरण/वातावरण केन्द्रित हुनपर्ने छ ।
६. बुझाउने अन्तिम म्याद:
• रचना २८ मार्च २०२६ भित्र सम्बन्धित सम्पर्क माध्यममा प्राप्त भइसकेको हुनुपर्दछ।
• तोकिएको समयावधिपछि प्राप्त रचनाहरू प्रतियोगितामा समावेश गरिने छैनन्।
७. मूल्याङ्कन र प्रकाशन:
• प्राप्त रचनाहरूबाट उत्कृष्ट २३ कविताहरूको ई-पुस्तिका प्रकाशित गरिनेछ।
८. पुरस्कार विवरण:
• प्रथम पुरस्कार स्वरूप १ जनालाई नेरु ३०,००० र प्रमाणपत्र प्रदान गरिनेछ।
• दोस्रो पुरस्कार स्वरुप १ जनालाई नेरू २०,००० र प्रमाणपत्र प्रदान गरिनेछ।
• तेस्रो पुरस्कार स्वरुप १ जनालाई नेरू १०,००० र प्रमाणपत्र प्रदान गरिनेछ।
• सान्त्वना पुरस्कार स्वरुप १० जनालाई नेरू २,००० र प्रमाणपत्र प्रदान गरिनेछ।
९. निर्णयको अन्तिमता:
• प्रतियोगिता सम्बन्धी सबै निर्णयहरूमा Non-Resident Nepalese Association Hong Kong Limited National Coordination Committee को निर्णय अन्तिम र बाध्यकारी हुनेछ।
• प्रतियोगिता बिजेताको घोषणा विश्व पृथ्वी दिवस (Earth Day)का दिन बुधबार, २२अप्रिल २०२६ को साँझ ६ बजे संघको आधिकारिक फेसबुक NRNA Hong Kong Ltd बाट लाईभ गरि गरिने छ । साथै यस सम्बन्धि समाचार संस्थाको आधिकारिक वेव पेज www.nrnahk.org लगायत विश्वका अन्य समाचार पोर्टलबाट जानकारी दिईने छ ।
संस्थाले रचनाहरू संकलन सुरु भइसकेको जनाउँदै साहित्यप्रेमीहरूलाई समयमै आफ्नो सिर्जना पठाउन आह्वान गरेको छ।







Discussion about this post