Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसमा गुटबन्दी अन्त्य गर्न युवा नेताहरूको ‘राष्ट्रिय संकल्प’ सार्वजनिक

Editorial Team by Editorial Team
August 5, 2026
in Nepal, News, Politics
0
कांग्रेसमा गुटबन्दी अन्त्य गर्न युवा नेताहरूको ‘राष्ट्रिय संकल्प’ सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी, वैचारिक र एकताबद्ध बनाउने उद्देश्यसहित युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्।

बुधबार आयोजित ‘एकता–सद्‌भाव विमर्श: २०८३’ कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले कांग्रेसलाई गुटबन्दीबाट मुक्त गर्दै बीपी कोइरालाको मेलमिलापको नीति र प्रजातान्त्रिक समाजवादको आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा बीपी कोइरालाको ‘कांग्रेस एउटै ठूलो परिवार हो’ भन्ने अवधारणालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै विचारमा विविधता भए पनि पार्टीप्रतिको साझा विश्वास कायम रहनुपर्नेमा जोड दिइएको छ। साथै, वर्तमान कांग्रेस सबैका लागि खुला र समावेशी रहन सकेको छ वा छैन भन्ने प्रश्नसमेत उठाइएको छ।

युवा नेताहरूले मुलुकमा बढ्दो भ्रष्टाचार, युवा पलायन, किसानका समस्या तथा शिक्षित युवामा बढ्दो निराशाको समाधान गुटबन्दी वा पदको प्रतिस्पर्धाबाट नभई एकताबद्ध, जनउत्तरदायी र सशक्त कांग्रेसबाट मात्रै सम्भव हुने निष्कर्ष प्रस्तुत गरेका छन्। प्रतिवेदनमा इतिहासलाई केवल पढ्ने विषय नभई नयाँ इतिहास निर्माण गर्ने जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

कांग्रेस युवानेता नैनसिंह महरका अनुसार कार्यक्रममा पार्टीलाई विभाजन हुन नदिने, लोकतन्त्रलाई कमजोर हुन नदिने, युवाको आशा र जनताको विश्वास जोगाउने तथा व्यक्तिभन्दा विचार र संगठनभन्दा माथि राष्ट्रहितलाई प्राथमिकता दिने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिपक्षको भूमिका केवल विरोधमा सीमित नराखी सरकारलाई उत्तरदायी बनाउने र राष्ट्रलाई समाधान दिने राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा पनि कार्यक्रममा जोड दिइएको थियो।

‘देश र कांग्रेस जोड्ने अभियान’मा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, युवा नेताहरू पुष्पराज शाही, राजेन्द्र तिवारी, राजनीतिक विश्लेषक अरुण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीलाबल्लभ दाहाल ‘काका’, मनहरि श्रेष्ठ, रजनी, आनन्द सन्तोषी राई तथा डा. यज्ञप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा सहभागी नेताहरूले पार्टीभित्र पुस्ता जोड्ने, विवादभन्दा विश्वासलाई प्राथमिकता दिने तथा कांग्रेसको एकतामार्फत देशको भविष्य निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisement Banner
Previous Post

वैदेशिक रोजगारी सुरक्षित बनाउन सरकारका नयाँ योजना, वार्षिक ७०० श्रमिकको प्राकृतिक मृत्यु

Next Post

रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

Editorial Team

Editorial Team

Next Post
रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

Recommended

Study led by NUS researchers reveals High Mountain Asia hydropower systems are threatened by climate change

Study led by NUS researchers reveals High Mountain Asia hydropower systems are threatened by climate change

4 years ago
UNESCO Identifies Best Practices in Youth and Adult Literacy through the “Chiapas Puede” Initiative, One of the Largest in Latin America

UNESCO Identifies Best Practices in Youth and Adult Literacy through the “Chiapas Puede” Initiative, One of the Largest in Latin America

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.