ईश्वर चाम्लिङको ‘गीतको कथा’ लोकार्पण

काठमाडौं । स्रष्टा ईश्वर चाम्लिङको गीतसंग्र्रह ‘गीतको कथा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतकार संघ नेपालको आयोजनामा उक्त कृति लोकार्पण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापत्वि, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको थियो ।

उक्त कृतिको समिक्षा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले गर्नुभएको थियो भने साहित्यकार डा.सुमाया राई, डा.रेणुका सोलु, किरायाका केन्द्रीय अध्यक्ष जीवन हाताचोले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट सर्जक गीतकार चाम्लिङलाई शीरमा फेटा गुथाई सम्मान गरिएको थियो । प्रमिला राईले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थति थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/04/222598/

Comments are closed.