आँचल साहित्य कला पुञ्ज मकवानपुरले १० स्रष्टाहरूलाई सम्मान गर्दै

आँचल साहित्य कला पुञ्ज मकवानपुरले १० स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । आँचलले वर्षेनी ९ स्रष्टाहरूलाई फरक फरक विधाका सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।
रु. १० हजार १ राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० रौतहटकी साहित्य सर्जक रेणुका जि.सी. लाई समर्पण गरिनेछ । सनेस कथा संग्रहकी लेखक जि.सी. लाई हरिवंश भेटवाल र बिजुला भेटवालद्वारा स्थापित सो सम्मान प्रदान गर्न लागिएको हो । यसअघि सो सम्मानबाट साहित्य सर्जकहरू प्रतिमा पाठक, रुकु कार्की, डा. विन्दु शर्मा, ज्ञानु अधिकारी, तिर्थदेवी सिलवाल, बबी थापा सम्मानित रु. १० हजार १ राशिको प्रतिभा धिताल छन्द सम्मान २०८० नुवाकोटकी साहित्य सर्जक सुमित्रा सुमीलाई समर्पण गरिनेछ । साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमीलाई महाकाव्यकार मुना अर्यालद्वारा स्थापित सो सम्मान प्रदान गर्न लागिएको हो । यसअघि सो सम्मानबाट स्रष्टाहरू बुनु लामिछाने, प्रभा भट्टराई, कृष्णदेवी शर्मा, भुषिता वशिष्ठक्ष, टीका आत्रेय सम्मानित भइसक्नु भएको छ ।
रु. ७ हजार ५ सय राशिको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० मकवानपुरकी पत्रकार सरिता दाहाललाई समर्पण गरिनेछ । मकवानपुरको पहिलो महिला सम्पादक दाहाल अप्सरा तिमल्सिना लम्साल र प्रकाश लम्सालद्वारा स्थापित सो सम्मान प्रदान गर्न लागिएको हो । यसअघि सो सम्मानबाट स्रष्टाहरू कौशल पाण्डे, नवराज शर्मा, प्रताप विष्ट, कृष्णराम परियार र राममणि दाहाल सम्मानित भइसक्नु भएको छ ।
रु. ११ हजार १ सय ११ राशिको टिकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान २०८० काठमाडौँकी साहित्य सर्जक प्रभा बराललाई समर्पण गरिनेछ । सो सम्मान साहित्य सर्जक रुकु कार्की र उहाँका बहिनीहरू प्रमिला शर्मा, अम्बिका उप्रेती र अञ्जु उप्रेतीले स्वर्गीय बुबाको स्मृतिमा स्थापना गर्नु भएको हो । अक्षयकोषसहितको सो सम्मानबाट स्रष्टाहरू ललिता दोषी, निमेष निखिल, देवराज खरेल र माधव पोखरेल सम्मानित भइसक्नु भएको छ ।
रु. १५ हजार १ राशिको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०८० काठमाडौँका साहित्य सर्जक नेत्र एटमलाई समर्पण गरिनेछ । सो सम्मान गजाधर तिम्सिना र यशोधरा तिम्सिनाद्वारा स्थापना गरिएको हो । १ लाख ९० हजार राशिको अक्षयकोषको व्याजमार्फत् प्राप्त रकमबाट दिइने सो सम्मान पुरस्कारबाट यसअघि स्रष्टाहरू आरसी रिजाल, लक्ष्मी माली, सरिता तिवारी र माया ठकुरी सम्मानित भइसक्नु भएको छ ।
रु. ३ हजार ५ सय राशिको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान २०८० मकवानपुरकी साहित्य सर्जक प्रसिद्धी लामिछानेलाई समर्पण गरिनेछ । सो सम्मान देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएको हो । प्रज्ज्वल ढुङ्गाना, ऋत्विक केबी र समर्पण न्यौपाने सम्मानित भइसक्नु भएको छ ।
रु. ५ हजार १ राशिको मुक्ति-तारा नवप्रतिभा सम्मान २०८० मकवानपुरकी साहित्य सर्जक स्वस्तिका बानियाँलाई समर्पण गरिनेछ । सो सम्मान साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यद्वारा स्थापना गरिएको हो । यसअघि सो सम्मानबाट स्रष्टाहरू प्रसिद्धिका लम्साल, प्रसन्ना चौलागाईँ र कृतिका लौडारी सम्मानित भइसक्नु भएको छ ।
रु. १० हजार १ राशिको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० मकवानपुरका साहित्य सर्जक दीपक गौतमलाई समर्पण गरिनेछ । सो सम्मान साहित्यसेवी चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्माद्वारा स्थापना गरिएको हो । सो सम्मानबाट स्रष्टाहरू सुवास खनाल, छवि अनित्य र विष्णुबहादुर विश्वकर्मा सम्मानित भइसक्नु भएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा स्थापित आँचल सम्मान २०८० साहित्यसेवी हरिवंश भेटवाललाई समर्पण गरिनेछ । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान हरिवंश भेटवाल तथा उहाँकी पत्नी बिजुला भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गर्नु भएको र आँचलको पहिलो अक्षयकोषसहितको सम्मान पनि हो । आँचललाई संस्थागत गर्न सघाउ पुर्‍याउनु भएकोले उहाँप्रति कदर गर्दै सो सम्मान प्रदान गर्न लागिएको अध्यक्ष भावना सापकोटाले जानकारी दिनु भएको छ ।

Comments are closed.