काठमाडौं । अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुरु हुने भएको छ ।
भरतपुर महानगरपालिकाले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको सो क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।
महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैँयाको टेण्डर आह्वान गरेको हो । महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको सो मैदान निर्माणमा आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । झण्डै तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको मैदान निर्माणको काम महानगरले अघि बढाएको हो ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछन् । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको काम अघि बढेको हो ।
Trending Now
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
- धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
- एमाले सचिवालय बैठक आज बस्दै
- सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्नू : गृह मन्त्रालयले भन्यो
- नेपाल पत्रकार महासंघको नवनिर्वाचित कमिटीको पहिलो बैठकका चार निर्णय
- चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर
- गायक दिपेश विष्टको ‘कोइली बनैमा’ सार्वजनिक
- Christmas Day is celebrated as a public holiday across the country to commemorate the birth of Jesus Christ.
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
Comments are closed.