Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

किंवदन्ती: असनको माछा “असं या न्यालोहं”

Editorial Team by Editorial Team
February 6, 2026
in Nepal, Nepali Festival, News
0
किंवदन्ती: असनको माछा “असं या न्यालोहं”
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

असनको माछा “असं या न्यालोहं”

सुनिल उलक

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय वर्ष भन्दा पहिले देखी नै यस ठाउँमा बजार लाग्ने गर्थ्यो । भनिन्छ यो बजारमा खोज्न जान्यो भने सबै थोक पाइन्छ ।
असं (असन) नाम रहनुका पछाडि दुइवटा किंवदन्ती छ ।
पहिलो –
परापूर्वकाल देखि नै ठिमी भक्तपुरबाट किसानहरुले बिभिन्न खाद्य सामग्रीहरु बोकेर असनमा ल्याइ बिक्रि वितरण गर्दथे । यस्तैमा एक दिन ठिमीका एक ब्यापारीले बाँसको नोलमा चामल बोकेर अलि पर एक छेउमा बिसाए । तर त्यो चामल उनले बिक्री गर्न पाएनन् । किनकी उनले जहाँ भारी बिसाएका थिए, त्यहाँबाट हलचल गर्न नै सकेनन् । राती किसान थकित मुद्रामा फर्केर ठिमीमा रहेको आफ्नो घर पुगे । थकित र निराश अनुहार तथा भारी वा पैसा केही पनि नदेखे पछि श्रीमतीले सोधिन खोई के भयो ? खै चामल ? किसानले डर र आत्तिएर अनसं भनेछ । नेवारीमा अनसं भनेको त्यही किम्बदन्ती हो । साथै श्रीमतीलाई चामल ल्याउन नसकेकोको कारण सबै बेलीबिस्तार लगाएछ । उनले अनसं भने पनि परिवारलाई विश्वास नलागेर भोलिपल्ट बिहानै परिवार नै आएर भारी उठाउन खोजेछ । यसरी निकै प्रयास गर्दा पनि चामलको भारी उचाल्नै नसके पछि भुतप्रेत वा पिशाचको शक्ति होला भनेर तान्त्रिक देखाउँदा अन्नपूर्ण देवी जमिनमा भएकोले यस्तो भएको हो यहाँ देवीको पूजा गर्नुपर्छ भने । यसपछि किसानले केही चामल त्यही भुइमा चढाएर क्षमा मागेछ । यति गरेपछि चामलको भारी उठाउन सकिने भएछ । चामल उठाउन सकिए पछि दिनभर बेचेर फर्किएछ । भोलिपल्ट देखि सबैले आफूले ल्याएको अन्न अलिकति अजिमालाई सम्झेर चढाएर मात्रै ब्यापार गर्न थालेछ । यसरी अजिमालाई चढाए पछि बेच्न ल्याएको अन्न छिट्टै बिक्री हुने तथा नाफा पनि आउन थाले पछि यहाँ ब्यापार गर्न आउनेहरु क्रमश बढ्न थालेछ । यो ठाउँ प्रमुख ब्यापारिक केन्द्र नै बनेछ । पछि यसै ठाउँमा भुलु अजिमा अन्नपूर्णको मन्दिर बनाइयो । यहि अनसं नै अप्रभंस हुँदै असं भएको भन्ने कथा प्रचलित छ ।
असन नाम रहनुको पछाडि दोश्रो किंवदन्ती पनि प्रचलित छ । त्यो किंवदन्ती अगाडि यो कथा गाँसिन्छ ।
परापूर्वकालमा काठमाडौ उपत्यकामा एक दिव्य माछा आकाशबाट खस्ने तथा त्यस माछालाई जीवित नै बचाउन सकिएन भने अनिष्ट हुने भविष्यवाणी ज्योतिषहरुले गरेछ । यस किसिमको अनिष्ट जोगाउन माछा खस्ने ठाउँमा पोखरी हुनुपर्ने हुँदा राजज्योतिषलाई दिव्य माछा खस्ने सहि ठाउँ ज्योतिषीय गणनाबाट पत्ता लगाउन निर्देशन दिए पछि राजज्योतिषले माछा खस्ने ठाउँ टुँडिखेल रहेको भन्दै त्यहाँ ठूलो १०० हात लम्बाइ र ६० हात चौडाइको पोखरी बनाउन लगाएछ । यसरी पुखु तैयार भए पछि माछा पानीमा खसेर जिउँदै रहने भन्दै राजा तथा जनताहरु ढुक्क भएछ । यस्तैमा एक दिन युवा ज्योतिष घुम्दै उपत्यका पुग्दा नयाँ पोखरी खनिएको तथा त्यो पोखरीमा आकाशबाट माछा खस्ने भन्ने सबैका मुखबाट सुने पछि उनले आफू पनि ज्योतिष भएका कारणले हिसाव किताव गर्दै सूक्ष्म गणितको बेलान्तर गणना गरि माछा टुँडिखेलमा बनाइएको पोखरीमा नखस्ने तर असनमा खस्ने भन्दै उनले सानो आकारको २ हात चौडा र ४ हात लामो पोखरी बनाउन लगाएछ । कहाँ १०० हात भन्दा ठूलो पोखरी र कहाँ सानो ४ हातको पोखरी । धेरैका धेरै कुरा भए पनि राजज्योतिषका लागि भने यो चुनौती थियो । उनले युवा ज्योतिषलाई चेतावनी दिँदै भने यदि माछा तिमीले खनेको असनको सानो पोखरीमा खसेन भने तिमीलाई मृत्युदण्ड दिइनेछ । युवा ज्योतिषले राजज्योतिषको चेतावनी स्विकार गर्दै भनेछ । यदि तपाइले खन्न लगाउनु भएको पोखरीमा खसेन भने तपाइलाई पनि मृत्युदण्ड हुने स्विकार गर्नुपर्दछ भनेछ । राजज्योतिषमा आफ्नो ज्योतिषीय ज्ञानमा घमण्ड थियो । यसर्थ उनले पनि स्विकार गरे । युवा ज्योतिषले यो कुराको साक्षी राजालाई राखेर आकाशबाट माछा खस्ने दिन पर्खन थाले ।
अन्तमा माछा खस्ने दिन ठूलो आँधी बेहरी पछि आकाशबाट माछा खस्यो । माछा टुँडिखेलमा नखसेर असनमा खस्यो । असनमा युवा ज्योतिषले बनाएको सानो पोखरीमा नै खस्यो । राजज्योतिष लज्जाबोधले आफ्नो मृत्युदण्ड स्विकार गर्न तैयार भयो । अन्तमा आफ्नो गलत नतिजा बारे युवा ज्योतिषसंग बुझ्न चाह्यो । युवा ज्योतिषले भन्यो खगोलीय गणना मात्रै होइन मौसम र त्यो समयको हावाको चाप पनि महत्व हुन्छ । त्यो समय पूर्वीय हावा चल्ने हुँदा हावाले माछालाई पश्चिम तर्फ धकेलेर असन पुर्यायो । राजज्योतिषले आकाशबाट खस्ने माछाका लागि बनाउन लगाएको पोखरीमा पछि मल्ल राजा प्रताप मल्लले रानीपोखरी बनाउन लगाए ।
यसरी आकाशबाट माछा खसेको चर्चा शहर भरि फैलियो । हेर्न जानेको भिड लाग्यो । सबैले माछा कहाँ खसेको सोध्न थाले । जवाफ सहज हुन्थ्यो, “अनंस” अर्थात हातले उत्तर तर्फ देखाउँदै त्यहीँ भन्न थाले । यसरी सबैले अनंस भन्दा भन्दै यो ठाउँको नाम नै अंस रहन गयो ।
यसरी जीवित नै माछा खसेको हुँदा त्यसैको प्रतिकको रूपमा यहाँ ढुङ्गाको माछा बनाएर पूज्न थालियो । दिव्य माछा खसेको भएर असन त्यसबेला देखि नै समृद्ध हुन थालेको भन्ने मान्यता रहेको छ । यो ठाउँ लिच्छवी काल देखि नै प्रमुख ब्यापारिक केन्द्र बन्दै गएको थियो । पछि सडकका बिचमा रहेको ढुङ्गाको माछाले असहज हुँदै गयो र मानिसहरुको भिडभाडले बाटोको बिचमा रहेको माछाले अप्ठ्यारो बनाए पछि ठूलो माछालाई त्यहि पुरेर उस्तै सानो माछाको प्रतिरुप बनाएर २०६७ सालको चैत देखि सानो अग्लो ठाउँ बनाएर पूज्न थालियो । ढुङ्गाको माछा भएको हुँदा यसलाई नेवारीमा न्यालोंह भन्ने गरिन्छ ।
यसै कथासंग गाँसिएको अर्को कथा पनि छ । माछा जमिनमा बजारिँदा पुच्छरको भाग उछिट्टिएर अलग्गै खस्यो । त्यो उछिट्टिएको माछाको पुच्छर भनेर अहिलेको त्याैड जाने बाटोको बिचमा चारैतिर घेरेर राखिएको छ ।
हुन त काठमाडौं उपत्यका नै किंवदन्तीको शहर हो । यहाँ परापूर्वकाल देखि नै मौखिक इतिहास हुँदै जिजुबाजे, बाजे हुँदै हालसम्म पनि प्रचलित हुँदै आइरहेको छ । किंवदन्तीहरु वास्तवमा इतिहास होइनन् । तर ति किंवदन्तीका साना अंशहरु भने इतिहासका केही प्रमाण हुन सक्छस भनेको यो लिच्छवी काल देखि नै ब्यापार हुने ठाउँ हो ।
अहिले असनबाट पूर्वमा भोटाहिटी हुँदै रत्नपार्क, उत्तर पूर्वमा कमलाक्षी हुँदै जमल, उत्तरमा त्यौड हुँदै ठँहिटी, उत्तरमा त्यौड हुँदै ज्याथा पश्चिममा न्हैकन्तला किलागल हुँदै नरदेवी, दक्षिण पश्चिममा केलटोल इन्द्रचोक हुँदै हनुमानढोका, दक्षिण पूर्वमा मासंगल्ली हुँदै महाबौद्ध गरेर ७ वटा बाटो असनसंग जोडिएको छ । ज्योतिषीय गणनामा पनि टुँडिखेलको महांकाल मकर राशि, असनको अन्नपूर्ण कुम्भ राशि, असनको माछा मीन राशि र भेडासिं मेष राशिका प्रतीक हुन्। यी स्थानहरू ज्योतिषीय कालगणनाका लागि स्थापना गरिएको बिन्दुहरू हुन्।
मल्लकालमा ज्योतिषीय गणना गर्दा यहि न्यालोंहलाई नै केन्द्र मान्ने गर्दथे । यहि असन इलाकामा मानदेवको नामांकित ढुङ्गेधारा भेटिएकोले यो स्थानलाई लिच्छवीकालसम्मको गणना गर्ने गरिन्छ । न्यालोंहको कथा पनि मल्लकाल भन्दा अगाडिको रहेको विश्वास गरिन्छ । उहिले भोटसम्मको ब्यापार यहि असनबाट हुने गर्दथ्यो । महिनौ लगाएर भोटबाट फर्किएकाहरु शहर भित्र सहजै बस्न वा पस्न पाउँदैनथे । उनिहरुका लागि नुवाइधुवाइ गर्न अलग्गै हिटी बनाइएको थियो । भोटबाट आएकाहरुले प्रयोग गर्ने हिटी भएको हुँदा त्यस हिटीको नाम नै भोटाहिटी रहन गयो । भोटाहिटीमा नुहाइधुवाइ गरि सरसफाइ गरे पनि कोरोना कालमा झै त्यो बेला पनि क्वारेन्टाइनमा १५ दिन बस्नु पर्दथ्यो । यसरी क्वारेन्टाइन बस्ने घर यिताचपाः पनि यहिँ असनको दक्षिण तर्फ रहेको थियो । जुन घर अझै पनि रहेको छ । हालै सो भवन पूननिर्माण गरेर नयाँ बनाइएको छ ।
असन खासगरी बुद्ध धर्मालम्बी तुलाधरहरुको मुख्य बस्ति रहेको ठाउँ हो । तुलाधरहरु धेरै अगाडि देखि नै ब्यापार गर्दथे । भोटमा ब्यापार गर्नहरु पनि धेरैजसो तुलाधरहरु नै हुन्थे खासगरि बौद्धमार्गीहरुको बाहुल्य रहेको हुँदा असन वरपर बहाःहरु थुप्रै देखिन्छ । साथै यो असन लिच्छवी कालदेखि नै तिब्बत तथा भारतबाट आउने ब्यापारीहरुको मिलन बिन्दुका रुपमा रहेको थियो । भारतबाट आउने ब्यापारीले गर्मी छल्न केही समय असन वरपर नै विश्राम लिन्थे भने तिब्बतबाट आउने ब्यापारीले जाडो छल्न केही समय यतै अल्झेर बस्दथे । भारतबाट ल्याइएका तिब्बत लैजाने सामान तिब्बतीहरुले बोकेर फर्कन्थे भने भारत तर्फ लैजानु पर्ने तिब्बतबाट ल्याइएको सामान बोकेर भारतीय ब्यापारी फर्कन्थे ।

Advertisement Banner
Previous Post

बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान: २३०० माइलको ऐतिहासिक पैदल यात्रा

Next Post

Durga Prasai arrested in Kathmandu for violating election code

Editorial Team

Editorial Team

Next Post
Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested in Kathmandu for violating election code

Recommended

European Parliament votes to ban sale of new petrol and diesel cars by 2035 to fight climate change

European Parliament votes to ban sale of new petrol and diesel cars by 2035 to fight climate change

4 years ago
First look of movie ‘Roll No. 1’ released

First look of movie ‘Roll No. 1’ released

1 week ago

Don't Miss

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

April 15, 2026
देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

April 15, 2026
इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

April 15, 2026
राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

April 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.