Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

Editorial Team by Editorial Team
April 5, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -शिवपुरी साहित्य समाज तथा शिवपुरी त्रैमासिक पत्रीकाको वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । टोखा न.पा. २ चण्डेश्वरीमा शिवपुरी सन्देश पत्रीका लोकार्पण, स्रष्टा सम्मान तथा रचना वाचन गरेर समाजले आफ्नो वार्षिकोत्सव मनाएको हो । उक्त समाजले हरेक वर्ष सहभागीहरूलाई गुन्द्रुक मकै तथा भटमास खुवाएर साहित्य र स्थानिय उत्पादनलाई जोड्ने काम गर्दछ ।
शिवपुरी सन्देश सभापति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई थिए ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका संरक्षक वियोगी बुढाथोकीले गरेका थिए भने माला-खादाले स्वागत समाजका महासचिव प्रकाश घायलले गरेका थिए ।
विभिन्न विधाका सर्जकहरू वरिष्ठ कवि शैलेन्द्र साकार, प्रा.डा. लालमणि पाण्डे, राम सञ्जेल, नवराज रिजाल, मुक्तककार सुशीला पौडेल र गजलकार आँचल कुमार शर्मालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बिनोद नेपाल, बिष्णु बहादुर सिंह, शंकर भारती, आँचल कुमार शर्मा, शुशिला पौडेल, राम सञ्जेल, नवराज रिजाल, प्रा.डा. लालमणि पाण्डे, प्रा.डा. कपिल अज्ञात, शंकर तिवारी लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी तुलसीराम पुडासैनी, बिमल वैध्य, सुकदेव उपाध्याय, शोभा अधिकारी, रुपा रिसाल, उत्तम भेटवाल, लव खड्का, बद्री उप्रेती, शुष्मा आचार्य, मदन नेपाल, लिलामाया ढकाल, प्रमोद नेपाल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।
नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वहरूको उपस्थितिमा करिव तीन घण्टा चलेको उक्त साहित्य सत्संगको संचालन समाजका कोषाध्यक्ष माधव बिडारी ‘चेतनपथ’ले गरेका थिए ।

Advertisement Banner
Previous Post

पेट्रोल २ सय २ रुपैयाँ प्रति लिटर

Next Post

कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

Editorial Team

Editorial Team

Next Post
कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

Discussion about this post

Recommended

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

4 months ago
‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

4 years ago

Don't Miss

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 5, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 5, 2026
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

April 5, 2026
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

April 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.