चितवन — वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काब्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको सो पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना माता पिताको नाममा स्थापना गरेकी हुन् ।
पुरस्कृत साहित्यकार श्रेष्ठ कथा, उपन्यास, मुक्तक गीत लेखनमा सक्रिय छन् । विस २०१२ सालमा पोखरामा जन्मेका साहित्यकार श्रेष्ठले उपन्यास ‘पागल बस्ती’का लागि मदन पुरस्कारसमेत पाएका छन् । कार्यक्रममा श्रेष्ठको योगदानका बारेमा बोल्दै साहित्यकार भुपिन खड्काले श्रेष्ठका विभिन्न विधामा गरेर तीन दर्जनका हाराहारीमा कृतिहरु प्रकाशित भइसकेको जानकारी दिए ।
सुवर्ण तुलसी काब्य पुरस्कार पहिलो पटक विस २०७६ सालमा श्रवण मुकारुङ्गले पाएका थिए । त्यसयता तिर्थ श्रेष्ठ र मनु मञ्जिलले पनि यो पुरस्कार पाइसकेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । ‘नेपाली कविता, आख्यान र नाटकको क्षेत्रमा समर्पित भएर लाग्नु भएका सरुभक्तको नेपाली साहित्यमा अतुलनीय योगदान छ । त्यसैले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेका हौं’ अध्यक्ष क्षेत्रीले भने ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.