साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

विराटनगर — साहित्यकार ज्ञानु पाण्डेद्वारा लिखित निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ बजारमा आएको छ ।
भानु जयन्तीका अवसरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर १ का पूर्वप्रदेश प्रमुख एवं साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले सङ्ग्रहको विमोचन गरेका थिए ।
कृतिमाथि समालोचक डा। रामजी तिम्सिनाले टिप्पणी गर्दै निबन्धसङ्ग्रह पठनीय र संग्रहनीय रहेको तथा यसमा आफ्नै जीवनमाथि अनगिन्ती प्रश्न गरिएको मूल्यांकन सुनाए । हुन त हिजोआज कविता कविताजस्तो नहुने र कथा कथाजस्तो नहुने गरेको छ,उनले भने, तर लेखक पाण्डेको जीवनको अभिनन्दन शिल्पी र भाषाको मीठासमा साँच्चिकै निबन्ध जस्तो छ
निबन्धकार पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्ध लेखिएको प्रस्ट्याइन । विषयको विविधता आधारमा लेखिएको सङ्ग्रहमा ११ वटा निबन्ध छन्। यो सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

Comments are closed.