रीमा र सविनको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’को घोषणा

होटल एभरेष्टमा नयाँ फिल्म ‘सिड्नी’को घोषणा गरिएको छ ।  देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यो  फिल्मले सिड्नी पुगेर त्यहाँको जीवन बाँचेका नेपालीहरुको कथालाई बोल्नेछ ।
अमर रसाइलीको प्रस्तुतिमा तयार हुने फिल्ममा भीमराज रसाइली निर्माताको रुपमा छन् ।

यो फिल्ममा नायक सविन श्रेष्ठ र नायिका रीमा विश्वकर्मा मुख्य भूमिकामा छन् । फिल्मका अन्य कलाकारको जानकारी केही समयपछि दिने निर्माणपक्षले बताएको छ ।

यो फिल्मको छायांकन ३ महिनापछि हुने बताइएको छ । नेपाल र अष्ट्रेलियामा फिल्म खिचिनेछ ।

फिल्मका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् । नायिका रीमा विश्वकर्माले फिल्मले बोल्ड शहरको कथा भन्ने बताइन् । नायक सविन श्रेष्ठले पनि फिल्ममा दर्शकले आफूलाई एक्सन अवतारमा देख्न पाउने जानकारी दिए ।

Comments are closed.