भरूवा बन्दुक बरामद

 

ललितपुर, ७ माघ

महाङ्काल गाउँपालिका-१ टुङ्गुनस्थित बिमिरे जंगलबाट भरूवा बन्दुक १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको  छ ।

उक्त जंगलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.