अवैध लागूऔषध सहित पक्राउ

      काठमाडौं, ३० कात्तिक

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ मिलिग्राम सहति धनकुटा पाख्रीवास नगरपालिका-५ घर भएका २७ वर्षीय डिल्ली बहादुर कटुवाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विराटनगरदेखि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३६३ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.