अवैध लागूऔषध गाँजा सहित पक्राउ

सिरहा, १ माघ

कर्जन्हा नगरपालिका-१० मनहर्वाबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो सहित सोही नगरपालिका-८ गौतारी बस्ने ४७ वर्षीय राम प्रकाश राउतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.