Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

Editorial Team by Editorial Team
June 19, 2022
in Book Releases, Literature, Nepal
0
हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

४ अषाढ,भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित लघुकथासङ्ग्रह ‘समय’ विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पोख्ररेल, विश्वराज अधिकारी, लता केसी, धु्रव मधिकर्मी हरिगोविन्द भोमी र डा. शेखरकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
विमोचन कार्यक्रममा लघुकथाकार धु्रव मधिकर्र्मीले स्वागत मन्तव्य राखेका थिए भने हाम्रो लघुकथा पाठशालाका संस्थापक तथा लघुकथाकार लता केसीले हाम्रो पाठशालाको गतिविधि प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिएकी थिइन् । हरिगोविन्दबाट लिखित प्रस्तुत लघुकथासङ्ग्र्रहले वर्तमान नेपाली समाजमा देखिएका विकृति विसङ्गति प्रस्तुत गरी समाज सुधारका लागि लाग्न सन्देश दिएको कुरा पुस्तकको समीक्षा गर्ने क्रममा डा. शेखरकुमार श्रेष्ठले बताएका थिए ।
कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले लघुकथा लेखन सिपको बारेमा विचार राखेका थिए भने साहित्यकार विश्वराज अधिकारीले पनि लघुकथा लेखनका साथै बजारको बारेमा धारणा राखेका थिए । उनले लघुकथा लेखन र प्रकाशनले बजारको माग बोके पनि प्रकाशक, वितरक र पुस्तक विक्रेताले यसको उत्तरादायित्त्व वहन गरी साहित्यकारको प्रवद्र्धन गर्न नसकेको विचार राखेका थिए ।
यस कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर कायस्थले दुई सय पचास वर्षपूर्व मेरा पुर्खा पनि यहीँका बासिन्दा भएको भन्दै भक्तपुरमा विकसित भएको साहित्यिक कार्यक्रमको प्रशंसा गरे । यस सिलसिलामा उनले सिर्जना अभियान समाज, भक्तपुरलाई पच्चिस हजार रुपैयाँ हस्तान्तरण गर्दै आज उपस्थित भएका व्यक्तिहरूको एक सय एक लघुकथा सङ्कलन गरी प्रकाशन गरेमा आफूले प्रकाशनको अभिभारा लिने कुरा बताए ।
समाजद्वारा आयोजित यस कार्यक्रममा साहित्यकार विनोद नेपाल, शेखर अर्याल, ममता मृदुल, वन्दना घिमिेरे, मदन पोखरेल, शान्ता शाक्य, मनिशकुमार शर्मा समित, कुमुदप्रसाद प्याकुरेललगायत सयौँको सङ्ख्यामा लघुकथाकार तथा लघुकथा अनुरागीको उपस्थिति थियो । कार्यक्रममा हरिगोविन्द भोमीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । आजको यो विमोचन सिर्जना अभियान समाजका अध्यक्ष एवं साहित्यकार धनमान श्रेष्ठको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव विपिनचन्द्र बनेपालीले गरेका थिए ।

 

Advertisement Banner
Previous Post

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

Next Post

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Editorial Team

Editorial Team

Next Post
चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Recommended

रम्बास् कविता:मनुष्य

रम्बास् कविता:मनुष्य

4 years ago
A total of 339,611 Nepali youths left the country for foreign employment during the first five months of the current fiscal year

A total of 339,611 Nepali youths left the country for foreign employment during the first five months of the current fiscal year

4 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.