Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

Editorial Team by Editorial Team
June 19, 2022
in Book Releases, Literature, Nepal
0
हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४ अषाढ,भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित लघुकथासङ्ग्रह ‘समय’ विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पोख्ररेल, विश्वराज अधिकारी, लता केसी, धु्रव मधिकर्मी हरिगोविन्द भोमी र डा. शेखरकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
विमोचन कार्यक्रममा लघुकथाकार धु्रव मधिकर्र्मीले स्वागत मन्तव्य राखेका थिए भने हाम्रो लघुकथा पाठशालाका संस्थापक तथा लघुकथाकार लता केसीले हाम्रो पाठशालाको गतिविधि प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिएकी थिइन् । हरिगोविन्दबाट लिखित प्रस्तुत लघुकथासङ्ग्र्रहले वर्तमान नेपाली समाजमा देखिएका विकृति विसङ्गति प्रस्तुत गरी समाज सुधारका लागि लाग्न सन्देश दिएको कुरा पुस्तकको समीक्षा गर्ने क्रममा डा. शेखरकुमार श्रेष्ठले बताएका थिए ।
कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले लघुकथा लेखन सिपको बारेमा विचार राखेका थिए भने साहित्यकार विश्वराज अधिकारीले पनि लघुकथा लेखनका साथै बजारको बारेमा धारणा राखेका थिए । उनले लघुकथा लेखन र प्रकाशनले बजारको माग बोके पनि प्रकाशक, वितरक र पुस्तक विक्रेताले यसको उत्तरादायित्त्व वहन गरी साहित्यकारको प्रवद्र्धन गर्न नसकेको विचार राखेका थिए ।
यस कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर कायस्थले दुई सय पचास वर्षपूर्व मेरा पुर्खा पनि यहीँका बासिन्दा भएको भन्दै भक्तपुरमा विकसित भएको साहित्यिक कार्यक्रमको प्रशंसा गरे । यस सिलसिलामा उनले सिर्जना अभियान समाज, भक्तपुरलाई पच्चिस हजार रुपैयाँ हस्तान्तरण गर्दै आज उपस्थित भएका व्यक्तिहरूको एक सय एक लघुकथा सङ्कलन गरी प्रकाशन गरेमा आफूले प्रकाशनको अभिभारा लिने कुरा बताए ।
समाजद्वारा आयोजित यस कार्यक्रममा साहित्यकार विनोद नेपाल, शेखर अर्याल, ममता मृदुल, वन्दना घिमिेरे, मदन पोखरेल, शान्ता शाक्य, मनिशकुमार शर्मा समित, कुमुदप्रसाद प्याकुरेललगायत सयौँको सङ्ख्यामा लघुकथाकार तथा लघुकथा अनुरागीको उपस्थिति थियो । कार्यक्रममा हरिगोविन्द भोमीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । आजको यो विमोचन सिर्जना अभियान समाजका अध्यक्ष एवं साहित्यकार धनमान श्रेष्ठको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव विपिनचन्द्र बनेपालीले गरेका थिए ।

 

Advertisement Banner
Previous Post

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

Next Post

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Editorial Team

Editorial Team

Next Post
चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Recommended

Indian PM Modi Gifts Russian-Language Gita to President Putin on Arrival in Delhi

Indian PM Modi Gifts Russian-Language Gita to President Putin on Arrival in Delhi

6 hours ago
COVAX calls for urgent action to close vaccine equity gap

COVAX calls for urgent action to close vaccine equity gap

4 years ago

Don't Miss

More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

December 5, 2025
SAFF Women’s Club Championship kicks off today

SAFF Women’s Club Championship kicks off today

December 5, 2025
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB, Luli Wood Sign Green Loan to Advance Circular Economy in PRC’s Forestry Value Chain

December 5, 2025
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.