Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

Editorial Team by Editorial Team
July 9, 2022
in Book Releases, Education
0
यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ । ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घेरो’पुस्तकको नेपाली भाषामा अनुवाद कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् । यस पुस्तकमा मोना यजान र मायरा एल माएरका चित्र समावेश छन्  |

वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ । रातो घेराले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन् । शरीरमा अरुले छुनै नहुने गोप्य अंगहरु पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ । कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने ? कस्तो प्रतिक्रिया दिने ? कसलाई सुनाउने ? यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउने पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ ।

लेखक समर महफुज लेबनानी लेखक, कवि, नाटकका, गीतकारका साथै बालबालिकाका पुस्तक अनुवादकसमेत हुन् । उनी शैक्षिक प्रकाशनका निम्ति पनि काम गर्छिन् । उनको पहिलो पुस्तक ‘आई डिड नट मिन इट’ सन् २००७ मा प्रकाशन भएको थियो । हालसम्म उनका ६० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । उनी बालबालिकाका साथै वयस्कका लागि पनि लेखन र प्रशिक्षण कार्याशाला सञ्चालन गर्छिन् । उनी सन् २००७ देखि लेबनानी बोर्ड अन बुक्स फर योङ पिपुल (आईबीबीवाई) को बोर्ड सदस्य छिन् ।

उनका माई फ्रेन्ड, बियर्स डन्ट रिड, द अम्याजिङ कार्ड, स्लिपिङ इज सो गुड, ह्वेन माई फ्रेन्ड गट सिक, बाई द क्यान्डल लाइटजस्ता पुस्तकले विभिन्न अवार्ड र पुरस्कार पाएका छन् ।

Advertisement Banner
Previous Post

सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण

Next Post

परदेशी २’ दसैंमा आउने

Editorial Team

Editorial Team

Next Post
परदेशी २’ दसैंमा आउने

परदेशी २' दसैंमा आउने

Recommended

Pfizer to Invest $120 Million to Produce COVID-19 Oral Treatment in the U.S.

Pfizer to Invest $120 Million to Produce COVID-19 Oral Treatment in the U.S.

4 years ago
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

4 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.