ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

काठमाडाैं, साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेशनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेद विरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा.अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्राडा बराल, डा.अशोक थापा र उप प्राध्यापक अनुपमा रेग्मीले सो कृतिको समीक्षा गरेका थिए । सो क्रममा प्राडा बरालले यसअघिका विभिन्न समयका विभिन्न कृतिको प्रसङ्ग निकाल्दै छलाङले समाजमा देखिएका सबै समस्यालाई उठाएको बताए ।

त्यस्तै, समीक्षक थापाले उपन्यासकार ढकालको उपन्यास छलाङमा रहेका पात्र आफूले पनि चिनेका र ती पात्रको नालीबेली उतारेको बताए । उनले सो कृतिलाई त्रिपक्षीय छलाङका रूपमा लिएको विश्लेषण गरे । ३७ परिच्छेद र २७९ पेजमा रहेको सो उपन्यास शिखा बुक्स पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो । ढकालका यसअघि ‘एक्लै सन्ध्याको मझेरीमा’ गजल सङ्ग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनात्मक कृतिलगायत पुस्तक प्रकाशित भइसकेका छन् ।

Comments are closed.