Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

Editorial Team by Editorial Team
December 9, 2025
in Book Releases, Literature, Nepal, News
0
‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
 काठमाडौँ – मध्य मङ्सिर, बढ्दो चिसो ।  काठमाडौँ क्रमशः सेलाउँदै गएको छ । जाडो बढ्दै गएको छ । यस्तै ठिहिरो दिन थियो २२ मङ्सिर २०६५ । त्यो दिन नेपाली साहित्यका एक जोडीले नयाँ जीवनको सहयात्राको कसम खाएका थिए । कवि, गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाले सोही दिन विवाह गरेका थिए । विवाहकै दिन साहित्यिक सहयात्राको चिनो गजलसङ्ग्रह ‘बाटो अझै छ बाँकी’ संयुक्त रूपमा प्रकाशन गरेका थिए । विवाहलाई नै कृति प्रकाशनबाट सिर्जनशील बनाएको यो जोडीले विवाहको १८औँ वर्षगाँठ पारेर ‘नसोधी’ गजल एल्बम ल्याएको छ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वर रहेको एल्बममा राधाका २ र घनेन्द्रका ३ वटा गजल छन् । एल्बमका प्रस्तुतकर्ता अहिले चर्चित र लोकप्रिय रहेको उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईं हुन् । सोमबार काठमाडौँमा आयोजित एल्बम लोकार्पण कार्यक्रममा कवि एवं समालोचक प्रा. डा. देवी नेपालले राधा र घनेन्द्रलाई स्रष्टाका रूपमा धेरै अगाडिदेखि चिनेको र उनीहरूको सिर्जनशील सहकार्य जीवनको पनि सहकार्यमा परिणत भएको भन्दै खुसी व्यक्त गरे । नेपालले सिर्जनामा दुवै स्रष्टा सशक्त रहेका र साङ्गीतिक सहकार्यमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ जोडिएपछि नेपाली गजल गायनले समेत तीव्रता लिएको बताए ।
गजलकार तथा आख्यानकार नेपाल सरकारका पूर्व मुख्य सचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले राधा, घनेन्द्र र सन्तोषले कसैलाई नसोधी नै सिर्जनशील कामहरू गरिरहेका भन्दै प्रशंसा गरे । नेपाली गजल लेखन र गायन दुवैमा परिष्कारतर्फ बढेको र केही समयमा सुन्दर र सशक्त गजलहरू गायनमा आउने विश्वास व्यक्त गरे । सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले घनेन्द्र ओझा र आफू ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानमा रहेका र सो अभियानअन्तर्गत देशभर दर्जनभन्दा बढी प्रत्यक्ष गजल गायनका कार्यक्रम भइसकेका भन्दै ‘नसोधी’ एल्बम यस अभियानको पहिलो एल्बम भएको सुनाए । उनले अभियानमा सबै गजलप्रेमी, सङ्गीतप्रेमीलाई जोडिन अनुरोध पनि गरे । गजलकार राधा कणेलले पछिल्लो समय गजल सङ्गीतमा देखिएको सन्तोष श्रेष्ठको लगाव र सक्रियताले नेपाली गजलले उचाइ लिने बताइन् । गजलकार ओझाले वि. सं. २०८०-२०९० लाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाउन लागिपरेको सुनाए । यसै मेसोमा राजधानी र प्रदेशहरूमा समेत गायनका कार्यक्रम गरिरहेको बताए । उनले केही महिनामै राधा कणेल, रश्मि असफल र आफ्ना गजल रहेको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा ‘मतला’ एल्बम ल्याइने पनि बताए । प्रभाती किरणले स्वागत गरेको कार्यक्रमको सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।
Advertisement Banner
Previous Post

शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न

Next Post

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

Editorial Team

Editorial Team

Next Post
हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

Recommended

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

1 month ago
To find a diplomatic solution, Russia must not be humiliated: French President

To find a diplomatic solution, Russia must not be humiliated: French President

4 years ago

Don't Miss

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

March 29, 2026
२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

March 29, 2026
नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.