क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुनतेलः विगततिर पदयात्रा’को लोकार्पण

काठमाडौँ, जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुनतेलः विगततिर पदयात्रा’को लोकार्पण गरिएको छ । केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच उक्त पस्तकको गरेका थिए । सबैको साझा भविष्य पृथ्विमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तकमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन–तेल मार्गको यात्राका अनुभव लेखेका छन् ।
पुस्तकमाथि बोल्दै केदारभक्त माथेमाले पुस्तकको लेखन शैली नयाँ किसिमको रहेको भन्दै पाठकलाई कतै आत्मकथा त कतै सामाजिक इतिहास पढेको महसुस गराउने बताए । लेखकको पर्यावरणप्रतिको चिन्ता पुस्तकमा प्रतिबिम्बित भएको बताउँदै माथेमाले पुस्तक पढ्न निकै स्वादिलो रहेको उल्लेख गरेका थिए ।
अर्का वक्ता हिमा बिष्टले नुन(तेल बसाइँसराइँलाई अतिरन्जना नगरी स्वअनुभवको आधारमा बसाइँसराइँलाई यथार्थमा बुझाउने किताब भएको बताए । पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झकझक्याएको उल्लेख गरेका थिए । विष्टले भने, लेखकले इमान्दार भएर लेख्नुभएको छ । ुनुन–तेलुको यात्रा थुप्रैका लागि आफ्नो पारिवारिक बसाइँसराइँको यात्रा संस्मरण गर्न प्रेरक हुनेछ ।
त्यस्तै केशव बोहराले पुस्तकमा उल्लेखित केही प्रश्नहरु उदृत गर्दै ‘नुन–तेलुले पाठकलाई प्रश्न सोध्न प्रेरित गर्ने धारणा राखेका थिए । ुहामीले हामीभन्दा पिँधमा रहेका विशेषतः अल्पसंख्य समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण पुस्तकमा छ, उनको भनाइ थियो । पेसाले चिकित्सक क्षेत्रीको यो पहिलो पुस्तक हो । पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको छ

 

Comments are closed.