पर्वतकुमार श्रेष्ठको उपन्यास ‘समयको छाल’ लोकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा उपन्यासकार पर्वतकुमार श्रेष्ठको उपन्यास ‘समयको छाल’ लोकार्पण गरिएको छ । आरोहण गुरुकुल विराटनगरमा भएको उक्त कृतिमाथि समालोचक कृष्ण वस्ती, समालोचक दधिराज सुवेदी, विश्लेषक दिनेश श्रेष्ठ र कवि शुभलक्ष्मी लम्सालले समीक्षात्मक टिप्पणी गरेका थिए ।
समीक्षकहरूले उपन्यासमा ग्रामीण जीवनको विविध चित्र प्रतिबिम्बित भएको र उपन्यास यथार्थवादसँग निकट रहेको धारणा व्यक्र गरेका थिए । प्रा.डा. गोपाल भण्डारी प्रमुख अतिथि रहनुभएको सो समारोहको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गर्नु भएको थियो ।

 

Comments are closed.