केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

काठमाडौँ । साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तकको लोकार्पण गरेकी हुन् ।३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध भएका पोखरेलको यो सातौँ कृति हो । कृतिमा ९० वटा छन्दबद्ध कवितामा राखिएका छन् । पोखरेलका अनुसार प्रत्येक पेजमा ९—९ स्वलोक रहेकाको कविता सङ्ग्रहमा ९ वटै छन्दको प्रयोग भएको छ ।
दोलखामा जन्मिएका पोखरेलले जनकपुर, काठमाडौँ, अस्ट्रलियामा बस्दा देखे—भोगेका कुराहरु आफ्नो कृतिमा उतारेको पाइन्छ ।

पोखरेलले सम्मान कथा संग्रह, चेप्टे भंगालो, अंशबण्डा, बाटो भत्केपछि लगायतका कृति बजारमा ल्याएका थिए । सर्लाहीबाट शिक्षण पेसा थालेका पोखरेलले काठमाडौँको बुढानीलकण्ठ, भानुभक्त मेमरियल गरी ३९ वर्ष शिक्षण पेसामा आबद्ध भए ।

शिक्षण पेसाबाट २०६५ मा सेवानिवृत्त भएपछि उनी साहित्य लेखनतिर बढी केन्द्रित भएका थिए । साहित्यकार पोखरेलले ‘मान्छे मार्ने तलाउ’मा देशमा व्याप्त बेथितिलाई कसरी समाधान गर्न सकिने भन्ने कुरालाई प्रस्तुत गर्न खोजेको पनि बताए । पुस्तक लेखनशैलीबाट आफ्नो भाव प्रकट गरेको उनको भनाइ छ ।

Comments are closed.